• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

१५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. आज सुनको मूल्य घट्यो

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. रुकुम पश्चिममा बम फेला

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

  •   शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • वर्षातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ ।

    Advertisement

    कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा रहेको नर्सरीबाट यसपटक किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको आचार्यले बताए ।

    कफी किसानहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यसपटक ७० हजार मात्र बिरुवा उत्पादन भएको उनले बताए । कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण गर्दै आइरहको छ । यहाँको नसरीमा उत्पादित बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ । यसपटक पनि गुल्मीसहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४० भन्दा बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको कार्यालयले जनाएको छ ।

    कफीका बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण मागअनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको छैन । मुसिकोट नगरपालिका–५ अन्तर्गत आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको संघीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको स्रोतकेन्द्र पनि हो ।

    तत्कालीन राजा वीरेन्द्रले २०४१ सालमा आँपचौरमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रूपमा कफीखेती गर्न सुरु गरिएको थियो ।कफी विकास केन्द्रमा प्रतिबिरुवा अहिले ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । कफी विकास केन्द्रले बगैँचा व्यवस्थापन, बीउ उमार्ने, टिप्ने र प्रशोधन गर्नेलगायतका काम गर्दै आएको छ । यसका लागि कफी उत्पादन हुने समयमा ४० देखि ५० जना व्यक्तिले अस्थायी रूपमा रोजगारी पाउने गरेका छन् । केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिनसमेत उपलब्ध छ ।

    कफी बगैँचा स्थापना गर्न केन्द्रले आँपचौरमा अहिले १८४ रोपनी जग्गा खरिद गरेको छ । उक्त बगैँचामा यतिबेला १२ हजार कफीका बिरुवा लगाई सकिएको कार्यालय प्रमुख आचार्यले बताए । कफीको जननी जिल्ला गुल्मीको आँपचौरमा कफी बगैँचा विस्तार गर्ने उद्देश्यले अहिले छवटा नर्सरीमा ६० हजार कफीका बिरुवा रोपण गरिएको छ ।

    पछिल्लो समयमा किसानलाई कफीमा लाग्ने सेतो गबारो मुख्य समस्या बन्दै गइरहेको छ । सेतो गबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोट नष्ट हुने अवस्थामा छन् । जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षति पुग्ने गरेको किसानहरुको गुनासो । गुल्मीमा अहिले करिब ३०० हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ ।

    गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीयतहले कफीको क्षेत्रमा काम गर्दै आइरहेका छन् । रासस

    शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
    रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य
    निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य
    १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना
    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      आज सुनको मूल्य घट्यो

    भर्खरै

    • १.
      करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

    • २.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ३.
      निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

    • ४.
      १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

    • ५.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • ६.
      रुकुम पश्चिममा बम फेला

    • ७.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ८.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.