• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

लोकतन्त्र मौनतामा होइन, प्रश्नहरूमा निर्भर गर्दछ?

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • ३. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ४. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ५. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ६. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ७. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ८. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ९. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • १०. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार


  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
  • आमाको माया संसारकै सबैभन्दा निष्कलंक, निस्वार्थ र पवित्र सम्बन्ध हो । त्यही आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् युवा चलचित्र निर्देशक सुमन दाहालले । विगत केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमनले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित राखेनन्, बरु आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर एउटा अविस्मरणीय उपहार तयार पारे—‘आमा’ शीर्षकको मर्मस्पर्शी म्युजिक भिडियो ।

    Advertisement

    यो कुनै सामान्य म्युजिक भिडियो मात्र नभएर एउटा छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेमको अभिव्यक्ति हो । परदेशमा रहेर पनि आमाको अनुहार, उनको माया, संघर्ष र त्यागलाई हरेक दिन सम्झिरहने छोराले आफ्नो भावनालाई शब्द, संगीत र दृश्यमार्फत यति सुन्दर ढंगले प्रस्तुत गरेका छन् कि हेर्ने जो–कोहीको आँखा अगाडि आफ्नै आमा उभिन पुग्छिन् । सुमनले आफ्नो पेशा, आफ्नो कला र आफ्नो सिर्जनशीलतालाई आमाप्रतिको सम्मानमा समर्पित गरेका छन् । यही कारण यो म्युजिक भिडियो मनोरञ्जनको माध्यम मात्र नबनेर एउटा असल छोराले आमालाई कसरी सम्मान गर्नुपर्छ भन्ने प्रेरणादायी उदाहरण पनि बनेको छ ।

    सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने, भिडियोमा सुमनले अभिनयका लागि बाहिरी कलाकारभन्दा धेरैजसो आफ्नै परिवारका सदस्यहरूलाई वास्तविक भूमिकामा उभ्याएका छन् । त्यसैले भिडियोमा देखिने हरेक दृश्य अभिनयभन्दा बढी यथार्थजस्तो लाग्छ । आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे र कान्छो छोराको भूमिकामा सम्राट दाहालले जीवन्त अभिनय गरेका छन् । युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बाल कलाकारहरू समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई अझ भावुक र जीवन्त बनाएका छन् ।

    सायद यही कारणले भिडियो हेर्दा कतै कृत्रिमता महसुस हुँदैन । प्रत्येक दृश्यमा एउटा वास्तविक परिवारको आत्मीयता, प्रेम र सम्बन्धको न्यानोपन झल्किन्छ । आमा एउटा पात्र मात्र नभएर, परिवारको धड्कन पनि हुन् भन्ने भाव भिडियोले अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ । गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन् । शब्दहरूमा आमाको त्याग, संघर्ष, ममता र सन्तानप्रतिको समर्पणलाई यति संवेदनशील ढंगले बुनेका छन् कि हरेक हरफले मुटु छुन्छ । उनले निर्देशनमा पनि भावनालाई प्राथमिकता दिएका छन् । दृश्य संयोजन, कथाको प्रवाह र भावनात्मक उतारचढावले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्छ ।

    वरिष्ठ गायक प्रमोद खरेल र चर्चित गायिका समीक्षा अधिकारीको स्वरले गीतलाई अझ कर्णप्रिय बनाएको छ । संगीतकार वसन्त सापकोटाले संगीतमार्फत गीतलाई आत्मासम्म पुग्ने शक्ति दिएका छन् । प्राविधिक पक्ष पनि उत्तिकै सशक्त देखिन्छ । संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ÷मास्टरिङ प्रकाश केसीले गीतलाई स्तरीय बनाएका छन् । गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन राजु केसीको रहेको छ । रङ संयोजन रेनिस फागोले गरेका छन् । मेकअप सिर्जा अधिकारीले गरेकी हुन् भने पोस्टर डिजाइन नहाकुल खड्काले गरेका छन् । म्युजिक भिडियोको पोस्ट–प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ ।

    तर यी सबै प्राविधिक पक्षभन्दा माथि उठेर दर्शकको मन छुने कुरा भनेको एउटा छोराको भावनात्मक समर्पण हो । आमाको जन्मदिनमा कसैले फूल दिन्छन्, कसैले केक काट्छन्, कसैले महँगा उपहार किनिदिन्छन् । तर सुमनले भने आफ्नी आमालाई समयले पनि मेटाउन नसक्ने उपहार दिएका छन्, एउटा यस्तो सिर्जना, जुन हरेक पटक बज्दा आमाको माया झल्किनेछ, हरेक पटक हेर्दा सन्तानको प्रेम अनुभूति हुनेछ ।

    ‘आमा’ म्युजिक भिडियो अब सुमन दाहालको परिवारमा मात्रै सीमित रहने छैन । यो हरेक नेपाली छोराछोरीहरूको भावना बन्नेछ । आफ्नी आमालाई माया गर्ने, सम्मान गर्ने र धन्यवाद भन्न चाहने हरेक सन्तानका लागि यो एउटा भावनात्मक कोसेली बन्नेछ । आमाको जन्मदिनमा बजाउन मिल्ने, आमालाई सम्झिँदा हेर्न मिल्ने र आमाको काखको न्यानोपन महसुस गराउने दुर्लभ सिर्जनामध्ये एक बनेको छ यो भिडियो ।

    सायद संसारमा सबैभन्दा ठूलो कलाकार त्यही हुन्छ, जसले मानिसको मन छुने कला जान्दछ । र सुमन दाहालले यसपटक त्यही गरेका छन्,—एउटा गीतमार्फत हजारौं सन्तानलाई आफ्नी आमाको सम्झनामा भावुक बनाएका छन् ।

    शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने
    आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य
    चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त
    मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान
    डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु
    आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • ३.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ४.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ५.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ६.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    भर्खरै

    • १.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • २.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ३.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ४.
      आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    • ५.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    • ६.
      डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

    • ७.
      आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

    • ८.
      रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.