विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १३ मा एक युवाको मृत्यु भएको छ । १३ नम्बर वडाको पारापानीमा अन्दाजी ३० वर्षीय प्रेम खत्रीको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घरदेखि करिब १ किलोमिटर टाढा रहेको विद्युतको पोलमा चढेर मर्मत कार्य गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो ।
उक्त घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।