राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)रुकुम पश्चिमले यही जेठ भित्र सबै पालिका तथा जिल्ला अधिवेशन गर्ने भएको छ । आज मुसिकोटमा बसेको पार्टीको जिल्ला समितिको बैठकले जिल्लाका सबै स्थानीय तहमा पालिका अधिवेशन र जिल्ला अधिवेशन जेठ महिना भित्रै गर्ने निर्णय गरेको हो ।
बैठकले पालिकाको अधिवेशन मिति समेत तोकेको छ। जस अनुसार जेठ १६ गते चौरजहारी नगरपालिका ,१७ गते आठविसकोट नगरपालिकाको राडीमा, १८ गते सानीभेरी गाउँपालिकाको सिम्लीमा, १९ गते बाँफिकोट गाउँपालिकोको छिनखेतमा, २० गते त्रिवणी गाउँपालिकाकोे सिम्रुतुमा र २१ गते मुसिकोट नगरपालिकाको खलंगामा आधिवेश आयोजना गरिएको छ । त्यस्तै जेठ २४ गते जिल्ला अधिवेशन मुसिकोट १ खलंगामा आयोजना गरिएको पार्टीले जनाएको छ।