• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

आज फेरी बढ्यो सुनको मूल्य

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ३. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ४. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ५. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ६. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ७. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ८. रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

  • ९. प्रतिनिधि सभाको बैठक बस्दै

  • १०. नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान


  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
  • चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    Advertisement

    केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनले धान आयातलाई कम गराउने लक्ष्यका साथ अनुदानको व्यवस्था गरिएको बताए ।

    ‘चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो, उर्वरभूमिमा नै खेती गर्न छाड्दै गएको पाइन्छ’, उनले भने, ‘विशेषगरी खेतीयोग्य जमिन बाँझो राख्ने अवस्थामा पुगेपछि यस कार्यक्रमले किसानलाई सहयोग पुग्नेछ ।’ कृषि पेसामा आकर्षित गर्न पनि यसले टेवा पुग्ने सूचना अधिकारी परियारको भनाइ छ ।

    सूचना अधिकारी परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् ।

    कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ । किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए ।

    जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा रोपाइँ भइरहेको छ । उनले भने, ‘हालसम्म सिञ्चित क्षेत्रको ८५ प्रतिशत चैते धान रोपाइँ सकिएको छ ।’

    केही वर्षयता चैते धानखेती कम हुँदै गएकाले यस कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार बर्सेनि चैते धानखेती घट्दै गएको छ । अघिल्ला वर्ष ६ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्थ्यो । गत वर्ष एक हजार ८०२ हेक्टरमा चैते धानखेती गरिएकोमा आठ हजार ७०४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    यसैगरी आव २०७९–८० मा दुई हजार ४७० हेक्टर जमिनमा खेती गरिएकामा ११ हजार १८३ मेट्रिक टन धान उत्पादन भएको थियो । चैते धानखेती प्रवर्द्धन कार्यक्रमले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।

    जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र सात हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा अकासे पानीको भरमा पनि किसानले धानखेती गर्छन् । समयमा पानी नपर्दा यस वर्ष चैते धानखेती कम हुने केन्द्रको आँकलन छ ।

    • चैते धान खेती
    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा
    आज फेरी बढ्यो सुनको मूल्य
    गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि
    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने
    आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य
    चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ३.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ४.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ५.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ६.
      आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

    भर्खरै

    • १.
      आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

    • ४.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ५.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ६.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ७.
      आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    • ८.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.