रुकुमपश्चिम । दुई दशक भयो गाउँमा खानेपानी छैन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १० स्थित, मैडाँडा, ठुलाकोट, ठुलाचौर का स्थानीयलाई सधैँ खानेपानीकै पिरलो छ । वि स २०४५ सालमा पहिलोपटक खानेपानी आयोजना मार्फत गाउँमा धारो बनेको थियो । तर त्यो योजना पनि हराउँदै गएपछी यस गाउँका स्थानीयलाई खानेपानीको अभावले कहिल्यै छोडेन्। घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात र खानेपानीको लाइनमा बस्नु गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानीपुर्याउनलाई करोडौँको आयोजना सञ्चालन गरे पनि ठुलाचौर वासीलाई सधैं खानेपानीको पिरलो छ ।
ठुलाचौरका स्थानीय नन्द बहादुर शाही उमेर ८० वर्ष पुग्न लागे तर उनको दैनिकि कुवाबाट पानी बोक्नमै बितेको छ । उमेरले बुढेशकालमा ढल्केका शाही बिहान सबेरै उठेर जङ्गलको बीचमा रहेको कुवामा पानी लिन पुगे । बिहान ४ बजे उठेर कुवामा जान्छु ।पानी लिएर फर्किँदा ६–७ बज्छ । कहिले लाइन बस्नुपर्छ । कहिले कुवाँ सुकेर पर्खिनुपर्छ । बुढो मान्छे पानी बोकेर फर्कदा उकालो छ्।हिँड्नै समस्या छ ।” वर्षौँदेखि पानीको समस्या भोग्दै आएका शाहीलाई दुई वर्ष पहिले धागेछहरीको पानी गाउँमा पुगेपछी अब घरमैधारामा पानी आउँछ भन्ने लागेको थियो । तर उक्त योजना निरन्तर नचल्दा समस्या उस्तै छ ।
बर्खामा त झन कुवाँको पानी पनि धमिलो हुने गरेकोले सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चितभएको गुनासो स्थानीयको छ । ठुलाचौर, कोट, महचौर लगायतका गाउँका एक सय भन्दा बढी घरपरिवार सधैँ मुल र कुवाँको पानीमानिर्भर छन्। ठुलाचौरका स्थानीयले गैरापानीमा रहेको कुँवा, कोटका स्थानीयले कुरेपानीको धारो र महचौर गाउँकाले मुलपानीको धाराकोपानी प्रयोग गर्दै आएका छन्। सरकारले एक घर एक धाराको अवधारणा ल्याएपनी आठबिसकोट बासीलाई सधै खानेपानीकै चिन्ता छ।
प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । ०४५ मा सम्पन्न भएको खानेपानीयोजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन्। २०७५ मा कर्णाली प्रदेश सरकारमार्फत यि गाउँ लक्षित गरेर धागेछहरी खानेपानी योजनाको १ करोड १६ लाखमा टेन्डर खोलेको थियो । उक्त टेन्डर पछि नहकुली कन्ट्रक्सनले योजना निर्माण को जिम्मा पायो । केहि महिना सम्म पानी निरन्तर गाउँमा आयो । तर प्राविधिक कारणले पटक पटक अवरुद्ध हुँदा यहाँका बासिन्दा खानेपानीबाट बञ्चित बनेका छन्।
हिउँद लागे सँगै कुवाँको पानी सुक्न थालेपछी धागेछहरीको पानी स्थानीयले श्रम गरेर गाउँमा ल्याइएको स्थानीय अगुवा केशव शाहीलेबताए । उनका अनुसार स्थानीयले श्रम बाहेक ५० हजार रुपैयाँ खर्च गरेर ठुलाचौरमा पानी ल्याईएको हो । केहिदिनको लागिखानेपानीमा सहज भएपनि कतिबेला बिग्रने हो भन्ने चिन्तामै बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए।
‘गाउँमा पानी छैन, आधा घण्टा ओरोलो झरेर गैरापानी कुवाँबाट पानी ल्याउनुपर्छ’, वडा नम्वर १० कि स्थानीय राधा थापाले भनिन्, ‘वर्षौंभयो यो समस्या भोगेको, पानी बोक्दा बोक्दा थाप्लोका कपाल झरिसके। एक गाग्री पानी ल्याउन बिहान ४ बजे कुवाँमा पुग्नुपर्छ ।गाउँमा खानेपानीको योजना आयो भन्छन्। खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयकोदिन बित्ने गरेको उनले बताइन् । सुखले एक गाग्री पानी थाप्न पाएको छैन्। उनले दुखेसो पोखिन्। गाउँमा जनप्रतिनिधिले खानेपानीसमस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय बासिन्दाहरु गुनासो गर्छन्।
अहिले मैंडाँडामा सालागाडको पानी पुगेको छ । सालागाड, गैरापानी , महचौर खत्रीबारा खानेपानी योजना बजेट अभावका कारण पुर्णहुनसकेको छैन्। प्रदेश सरकारबाट १० रकम उपलब्ध भएकोमा उक्त रकम अपुग भएपछी योजनाले पुर्णता पाउनसकेको छैन्। कम्तिमापनि ७०–८० लाख रकम भएमात्रै योजना सम्पन्न हुने बताईएको छ । बिहान सबैभन्दा पहिले कुवाँमा नपुगे पानी भर्न नपाईने हुँदामध्यरातमै जंगलबिचको कुवाँमा पुग्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ ।