• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज ठुलो हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

इनिशाको शव १० दिनदेखि अस्पतालमै

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ३. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ४. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ५. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ६. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ७. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ८. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ९. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

  • १०. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा : यस वर्ष १५ लाखको बिक्री


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् ।

    Advertisement

    सन्ताउनन वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको छ ।

    विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका सेनले सुन्तलाको बगैचा विस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् ।

    “छत्तिस रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो” उनले भने, “स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।”

    स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताए ।

    उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन् । “यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन” उनले भने, “उत्पादन हुनुप¥यो स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।” किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् ।

    बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गईरहेका छन् ।

    “बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाउनुभएको थियो, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए” उनले भने, “पहिला लगाएका बोटहरु मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि पाँच–छ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।”

    सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढेका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाहअनुसार पुनः सुन्तला खेती गरेका थिए । रासस

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज ठुलो हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह
    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
    श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या
    कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा
    राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति
    रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ३.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ४.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ५.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ६.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    भर्खरै

    • १.
      आज ठुलो हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह

    • २.
      कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    • ३.
      श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

    • ४.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    • ५.
      राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

    • ६.
      रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    • ७.
      डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

    • ८.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.