तिमी हुँदै नभएको सडकहरू आजभोलि उज्यालो छन्,
तर त्यो उज्यालोले
मेरो छायाँ अझै गाढा बनाइदिन्छ।
Advertisement
कहिलेकाहीँ लाग्छ.
तिम्रो हाँसो, तिम्रो कथा, तिम्रो आवाज
सबै सुनेको जस्तै हुन्छ,
तर फर्केर हेर्दा
दुई पाखुरामा खालीपनको तिर्सना मात्रै भेटिन्छ।
तिमीले बिर्सिन सक्यौ,
तिमी अघि बढ्यौ,
तर म भने छोडिए पैतला को छाप सरि कतै पर पर
तिमी अब मुस्कुराउँदा कसैको हात समाउँदै मुस्कुराउँछ्यौ।
र म र
मेरो नियति तिघ्रिएको डोरीजस्तै भएछ—
न छुट्टिन सक्छ
न बाँधिन सक्छ।
अमृत कुमार बोहोरा (आशिर्वाद)