रुकुम पश्चिमको आठबिसकोट -५ मा युवाहरुले राखेको राष्ट्रिय झण्डा गायब भएको छ ।
गत १९ गते पर्यटन विकासका लागी आठबिसकोटका युवाहरुले गोतामकोटको लब्ली डाँडा भनेर चिनीने ठाउँमा झण्डा गाडेका थिए । आज तीन दिन पछि उक्त ठाउँ मा राखिएको झण्डा एकाएक हराएको छ ।
२७ फिट अग्लो फलामको पाईप सहित राखिएको झण्डा आज दिउँसो हराएको स्थानीय गोपाल शाहीले बताए। झण्डा कसैले चोरेको वा फालेको हुनुपर्ने भन्दै पर्यटन क्षेत्रको विरोधीले नै यस्तो काम गरेको हुनुपर्ने उनको भनाई छ । पछिल्लो समय गोतामकोटमा पर्यटकको आकर्षण बढेसँगै थप आकर्षणको लागी झण्डा राखिएको थियो ।