कर्णाली राजमार्ग अन्तर्गतको सडकमा क्षति पुगेपछि कालिकोटको तिलागुफा नगरपालिका-६ को गोठिभीरमा ठूला सवारी साधनको चालन रोक लगाइएको छ।
Advertisement
जिल्ला प्रहरी कालिकोटले शुक्रबार बिहान उक्त क्षेत्रमा सडक सडक भत्किएका कारण ठूला सवारी साधन सञ्चालन गर्न प्रतिबन्धित गरिएको जानकारी गराएको छ।
प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले भने, “लगातारको अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिमहरू रहेको हुँदा आवश्यक सजगता अपनाउन हुन अनुरोध गर्दछौँ ।”