दाङ, असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज ११ गते हुन गइरहेको निर्वाचनका लागि महेन्द्र बुढाथोकीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
“सेवा, समर्पण र पारदर्शिताका लागि” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका बुढाथोकीले समृद्ध दाङ निर्माणका लागि आफ्नो विस्तृत कार्ययोजना र प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि
राजनीतिशास्त्रमा एम.ए. र बी.एड. सम्मको उच्च शिक्षा हासिल गरेका बुढाथोकी व्यावसायिक एवं सामाजिक क्षेत्रमा परिचित नाम हुन्। उनी MDS Poultry Solution तथा मझैरी रोधि तथा खाजा घरका सञ्चालक हुन्। साथै, उनी सध्यता पाठशाला प्रा.लि. र नोभा कम्युनिटी कलेजका अध्यक्ष समेत हुन्।
संस्थागत अनुभव
दाङ जिल्ला उद्योग वाणिज्य संघमा लामो अनुभव संगालेका बुढाथोकीले यसअघि निम्न जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्:
कार्यसमिति सदस्य: २०७५ – २०७६
कार्यकारी महासचिव: २०७६ – २०८०
महासचिव: २०८० – २०८३
मुख्य कार्ययोजना तथा प्रतिबद्धताहरू
व्यवसायीको हकहित र दाङको आर्थिक विकासका लागि बुढाथोकीले ८ बुँदे कार्ययोजना अघि सारेका छन्:
नापतौल तथा गुणस्तर कार्यालय: दाङमा नापतौल तथा गुणस्तर कार्यालय स्थापनाका लागि पहल गर्ने।
औद्योगिक क्षेत्रको विकास: दाङको औद्योगिक क्षेत्रसम्बन्धी कामलाई द्रुत गतिमा अघि बढाउने।
हाटबजार र बजारीकरण: स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि हाटबजार स्थापना गर्ने।
कृषि हबको रूपमा विकास: कृषक र कृषि उत्पादनलाई जोड्दै दाङलाई कृषि हबका रूपमा विकास गर्न पहल गर्ने।
रोजगारी सिर्जना: साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने।
संस्थागत सुदृढीकरण: संघको गरिमा र संस्थागत क्षमता अभिवृद्धिका लागि काम गर्ने।
हरित शहर अवधारणा: सफा, सुन्दर तथा हरित शहरको विकासमा योगदान पुर्याउने।
तीनै तहका सरकारसँग समन्वय: स्थानीय, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी सामाजिक, आर्थिक तथा व्यावसायिक समस्याको सहज समाधान गर्ने।
”व्यवसायी एकता : समृद्ध दाङ” र “समृद्ध दाङका लागि सँगै अघि बढौँ” भन्ने मूल मर्मका साथ आफूले उम्मेदवारी दिएको बताउँदै बुढाथोकीले सम्पूर्ण उद्योगी-व्यवसायीहरूसँग अमूल्य मतदानको अपिल गरेका छन्।