• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, मङि्सर ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने मिहनती टोली’

कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

कर्णाली रंगशाला प्रदेश खेलकुदलाई हस्तान्तरण

घटिरहेको सुनको मूल्य फेरी बढ्न थाल्यो

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

  • ६. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ७. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ८. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ९. बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

  • १०. ‘रुसमा एशियाकै विशिष्ट नेताका रूपमा मेरो परिचय गराइयो’ : ‘प्रचण्ड’

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस


  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
  • कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् ।

    Advertisement

    पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार “ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन । ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ ।”

    उनका अनुसार विष्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ । यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताए ।

    पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटोअर्थात् सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई यात्रुहरू वारपार गरिरहेका स्थानीय कमल बुढाले बताए ।

    ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपुर्ण यात्रा गरेर सिमकोट पुगेको सुनाए । उनले भने, “जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकाससँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ लगाएर डोरीको सहायतमा भिर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ ।”

    सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भिरबाट आवतजावत नगर्न आग्रहसमेत गरे । शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् ।

    मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।
    पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा
    सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो
    लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
    दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
    दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने मिहनती टोली’

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

    • ६.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    भर्खरै

    • १.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    • २.
      पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

    • ३.
      सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो

    • ४.
      लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    • ५.
      दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

    • ६.
      दुई मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले भने– ‘देश उँभो लगाउने मिहनती टोली’

    • ७.
      कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

    • ८.
      कर्णाली रंगशाला प्रदेश खेलकुदलाई हस्तान्तरण

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.