रुकुम पश्चिम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सम्पन्न निर्वाचनबाट आठबिसकोट नगरपालिका–९ का ललित चन्द वडा सभापतिमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचित भएको प्रमाण–पत्रमा चन्दलाई आठबिसकोट नगरपालिका–९ को वडा सभापति पदमा निर्विरोध/बहुमतबाट निर्वाचित भएको उल्लेख गरिएको छ।
आज सम्पन्न निर्वाचनको चन्दको नेतृत्वमा १७ सदस्यीय समिती निर्वाचित भएको हो। सभापतिमा ललित चन्द, उपसभापतिमा अम्बर बटाला, बिमला बटाला र सचिवमा मान बहादुर नेपाली
सहित १७ जना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।