काठमाडाैं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार १ हजार ३०० रुपैयाँले घट्दै सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो भने आइतबार २ हजार १०० रुपैयाँ बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।