बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९, पशुपतिनगरमा शनिवार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
Advertisement
रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२-०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३-००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३-००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो ।