• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

गाउँमा दलितको एउटा मात्रै घर, मलामी जान कोही नमानेपछि २ दिन पछि उठाए प्रकाशले आमाको शव

" मलामी कोही नपाएपछि ट्याक्टर बुक गरेर ५० किलोमिटर टाढीको घाटमा लगियो शव  "

  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्‍याएर दाहसंस्कार गर्नुभएको छ ।

    Advertisement

    ६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका–६, तिपडीगाड पुर्‍याइएकाे हो । सिगास गाउँपालिका–१, अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो । गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताउनुभयो ।

    आमाको मृत्युभए पछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगातका आफन्तलाई बोलाएको प्रकाशले बताउनुभयो । आइतबार २५ हजार रुपियाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्‍याइएकाे उहाँले बताउनुभयो ।

    गाउँमा समाजमा अहिले पनि गैर दलितले दलितको शव बोकेर मलामी जाने चलन नभए पनि प्रकाश टेलर एक्लो परिवार भएकाले राति शव कुर्न भने केही गाउँले जम्मा भएको स्थानीय ज्ञानेन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “शवलाई ट्याक्टरमा राखेपछि म पनि उहाँहरू सँगसँगै मोटरसाइकलमा मलामी आएको छु । मसँगै मेरा फूपाजु नरबहादुर साउद पनि साथमा आउनुभएको छ । गाउँ समाजमा दलितको शव काँधमा बोकेर मलामी जाने चलन छैन । यद्यपि राति शव कुर्न भने गैरदलित पनि आएका थिए । अरू मलामी नआए पनि यस्तो कुरीति हट्नु पर्छ भनेर मचाहिँ मलामी आएको हुँ।”

    प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयमा मासिक आठ हजार तलब पाउने गरी निजी श्रोतमा शिक्षण गर्दै आउनुभएको छ । ३० वर्षीय प्रकाश स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सचिवसमेत हुनुहुन्छ । श्रमदानमा गाउँमा बत्ती बाल्ने बेला प्रकाशले बिजुलीका पोल बोक्न सहयोग गरेकाले प्रकाश सहयोगी भावनाको व्यक्ति भएको २१ वर्षीय छिमेकी ज्ञानेन्द्र ऐरीले बताउनुभयो ।

    प्रकाशको गाउँसँगै जोडिएका वरिपरिका टोलमा दलित, गैरदलित गरी करिब तीन सय मानिसको बसोवास छ । गाउँमा गैरदलित मात्रै होइन, दमाई जाति बाहेकका अन्य दलितसमेत मलामी जान तयार नभएपछि प्रकाशले एक्लो अनुभूति भएको पीडा सुनाउनुभयो । गाउँ समाजमा अहिले पनि दलितभित्रै विश्वकर्मा जाति र दमाई जातिबिच भात भान्सा र शवलाई काँध थापेर मलामी जाने चलन नभएको उहाँले बताउनुभयो ।

    प्रकाशको परिवार करिब ४० वर्ष अघि पाटन नगरपालिका–४, बगाडी गाउँबाट सिगास गाउँपालिका–१ (साविकको गाँजरी गाविस–७) अङडेगाडा बसाइँसराइ गरी आएको थियो। सो गाउँमा बसोवास गर्ने अन्यको दाहसंस्कार गर्ने स्थान सोही ठाउँको डुब्केखोला भए पनि त्यहाँ शव बोकेर पैदल हिँड्नु पर्छ ।
    स्रोत: गोरखापत्र अनलाईन

    • छुवाछुत
    • सुदुरपश्चिम
    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.