रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ मा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहिबार राति करिब ११ बजे ३२ वर्षीय अभिषेक ओली आफ्नै घरको भान्सा कोठामा मृत फेला परेका हुन् ।
ओली प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।