कोसी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। यस बारेमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्।
मुख्यमन्त्री कार्कीले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने साविकको व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै शनिबार एक दिन मात्र बिदा कायम गर्दा कस्तो होला भनी जिज्ञासा राखेका छन्।
उनले हप्ताको पाँच दिन मात्र काम गर्दा कार्यदिन अपुग भएको र चर्चा गरिएजस्तो खर्च एवं इन्धन बचतमा कुनै ठोस उपलब्धि नदेखिएको स्पष्ट पारेका छन्।