• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ६. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ७. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

  • ८. साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

  • ९. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • १०. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

जाजरकोट भुकम्पको एक वर्ष : सरकारको ढिलासुस्ति १ वर्षदेखि पिडित टहरामै

"पुननिर्मानको पर्खाईमै वित्यो एक वर्ष  "

  •   शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
  • आजकै दिन गत वर्षको कार्तिक महिनामा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचुटको बिनासकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको ज्यान लियो। सयौं मान्छेको ज्यान सँगै हजारौँ भौतिक संरचना जाजरकोट र रुकुम पश्चिम ले ठुलो क्षति व्यहोर्नु पर्यो । जाजरकोटमा २६ हजार र रुकुम पश्चिममा ३२ हजार कायम भएका लाभग्राहीको अवस्था दयनिय नै छ ।जाजरकोट भूकम्पको आज ठिक एक बर्ष भएको छ । विनाशकारी भूकम्पले अनिदो बनाएको त्यो कालो दिन जसले कसैको सिन्दुर पुछ्न पर्यो । परिवारका दुधे बालक गुमाउनु पर्यो, घरबारविहीन हुन बाध्य भूकम्पले हामीलाई बनाइदिएर गयो। यो पीडा हामी माझ जीवितै छ । त्यो समय र त्यो अनिदो रात सँगै बगेका पिडाका लाप्साहरु कसरी भुल्न सकिन्छ र ?

    Advertisement

    कार्तिक १७ गते मध्यराती तहसनहस बनेको रुकुम जाजरकोट अझै थलिएको छ । भूकम्प गए लगत्तै उद्धार र राहतको  काम सुरु हुनलाग्यो , जब घाइतेलाई उपचार र मृतक परिवार लाई राहत सगै सबै भूकम्प पीडित वितरण राहत वितरण  भयो , भूकम्पले हाम्रो भौतिकसंरचना ,घर भत्काउनु को साथै घर चिराचिरा पारेर बस्न लायक छोडेन ।  घरबाहिर चौरमा बस्न बाध्य यहाँका नागरिक अझै पनि टिनमुनि रातदिन कष्टकर जिवन विताईरहेका छन्। सरकारको निर्णय कागजमै, सिमित हुँदा एक वर्षमा पनि पुनर्निर्माणको सुरसार भएको छैन्।

    उसो त संघीय सरकारको नजरमा कहिल्यै नपर्ने प्रदेश कर्णाली प्रदेशमा भौतिक पुर्वाधार जस्तै भूकम्प पछि पुननिर्माण पनि अलपत्र जस्तै रह्यो । जाजरकोट भूकम्पबाट रुकुम पश्चिममा मात्रै ३२ हजार नौ सय ९६ लाभग्राही कायम भएका छन । जस मध्ये रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । तिनै अस्थायी आवास निर्माण गरेका भुकम्प पिडितले दोस्रो किस्ता भने पाएका छैनन्। भूकम्पले क्षति भएको भौतिक संरचनाको विवरण यदि सरकारको ध्यान मा थियो भने त प्राविधिक मुल्यांकन सहितको आउथ्यो होला यो कुरा जनताले कहिले पाउने ? न प्राविधिक मुल्याङ्कन छ । न त पुननिर्माणको टुङ्गो नै लागेको छ।

    भूकम्पले हामी सबैका घरहरू क्षति पुर्याएको छ । त्यो हामी सबैलाई थाहा नै छ, कसैको घर पुर्ण क्षति छन, कसैका आंशिक क्षति छन ।कसैका अलि अलि चिरा परेका छन , हामी कति सुरक्षित छौ । हामी कसैलाई थाहा छैन , हामी सबैले सरकारले प्रदान गरेको अस्थायी  आवास कर्जा खोजेर भएपनि  निर्माण गरेका छौ । तर सरकारले प्रदान गर्ने पहिलो किस्ता बाहेक आज भुकम्प गएको एक बर्ष वितिसक्दा समेत दोस्रो किस्ता पाएका छैनौं  , अस्थायी  आवास  निर्माण गर्दा सरकारको कार्य यस्तो छ ?  भने घर पुर्ननिर्माणमा के होला? हामिले अब कसको आशा गर्ने ?

    जनता प्राय सबैजना अस्थायी आवासमै बसोबास गरिहरेका छन। घर पुर्ननिर्माण छिट्टै हुन्छ भन्ने ठूलो आशा बोकेका भूकम्प पीडित यतिबेला निरास भएका छन। अस्थायी आवासमा बस्दा बर्खामा सर्पको डर,पुस माघ तिर चिसोको पिर एक बर्खा र एक चिसो समय यहि टहरामा विताएका हामी अर्को चिसोको समय फेरि आयो हामीलाई यहि पिर छ , । दशै टहरामै वित्यो ,तिहार पनि यहि हुने भयो ,हामीले नयाँ घर कहिले पाउने र हाम्रो दशै तिहार नयाँ घरमा कहिले मनाउन पाउँछौँ ।भन्ने आशै आसमा हाम्रो जिन्दगी जाने भयो। प्राविधिक सहितको विज्ञ टोलीले घरहरूको क्षति संकलन गर्नुपर्नेमा सरकारले ढिलासुस्तीमै आलटाल गरेको छ ।

    सरकारले पुर्ननिर्माणको कार्यबिधी समयमै नल्याउनाले अझै पुननिर्मानको टुङ्गो लागेको छैन । पुर्ननिर्माण कसरी गर्ने? कुन मोडेलमा जाने? अनुदान कसरी र कति प्रदान गर्ने यो कुरामा सरकार अझै अन्योल मै छ । जनता अहिले चिरा परेको तर अति नै जोखिम घरमा अस्थायी आवास छोडेर बस्न सुरु गरिसकेका छन । यसले फेरि अर्को क्षति नहोला भन्न सकिने अवस्था छैन । सरकारले यो बिसयलाई  गम्भीर रुपमा लिएर दक्ष प्राबिधिक ,इन्जिनियर परिचालन गरेर क्षतिको विवरण ( डेमेज ग्रड एसिस्मेन्ट ) भत्केका घरलाइ पुर्ननिर्माण गर्ने, जोखिममा रहेका घरलाई भत्काएर पुर्ननिर्माण,प्रबलिकरन गर्न मिल्ने घरलाइ प्रबलिकरन गरेर छिटो भन्दा छिटो यो प्रक्रिया गरेर जनतालाई थप जोखिम बाट बचाउन पर्ने अवस्था छ ।

    सबैको घर सरकारले बनाइदिन्छ भनेर सरकार कुरेर बसेका हामिलाई छिटो कसरी बन्छ त घर कस्तो बनाउने भन्ने सबै कुराको ज्ञान् प्रदान गर्नु पनि आवश्यक छ ।

    सबैका घर पुननिर्माण  हुदैनन्  यो कुरा हामीले बुझ्न जरुरत छ , कति घर पुननिर्मान हुन्छन भन्ने कुरा इन्जिनियरहरु परिचालन भएर क्षतिको प्रारम्भिक मुल्यांकन गरेपछि मात्र हाम्रो घर बस्न लायक छ । या, प्रबलिकरनमा पर्छ , पुर्ननिर्माण हुन्छ भन्ने कुरा थाहा हुन्छ ।अहिले अस्थायी आवास पाएका भरमा सबै घरहरु पुर्ननिर्माणमा पर्छन भन्ने भ्रममा भूकम्प पिडितहरु छन्।

    जाजरकोट भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तह बाट जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । तर  भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका भने छैनन् । भूकम्प पीडितहरूले कठ्याङ्ग्रिँदो चिसोले आफूहरूको अस्थायी बसोबासलाई थप कष्टकर बन्दै आएको पिडितहरुले गुनासो गर्दै आएका छन्। न घर बन्छ । न कर्जा कारेर बनाएको अस्थायी आवासको दोस्रो किस्ता समेत पाउन नसक्दा भूकम्प पिडित अझै बिचल्लित बन्नुपरेको छ।

    • जाजरकोट भुकम्प
    • पुननिर्मान
    शनिबार, कार्तिक १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?
    एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित
    जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक
    रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी
    गुल्मिबाट सागर ढकाल निर्वाचित
    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ६.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    भर्खरै

    • १.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • २.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ३.
      जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • ६.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ७.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ८.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.