पछिल्लो समय आगामी निर्वाचन र उम्मेदवारहरुका विषयमा नेपाली राजनीति निकै अस्तव्यस्त भएको छ । चुनावी तयारी देखि उम्मेदवारहरु घरदैलो सम्म गरिरहेका छन । फागुनमा हुने निर्वाचनका सन्दर्भमा नेपाली काङ्ग्रेसले सभापति गगन कुमार थापा , नेकपा एमालेले पनि सभापति के.पि. शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका छन ।
माहोल आ-आफ्नै तरिकाले तातिरहेको छ सबै राजनितिक दलहरु सबै सम्यंन्त्र लगाएर आफुलाई सकेसम्म बलियो बनाउने दौडमा छन जनताको भोट पाउने वातावरण बनाउनमा व्यस्त छन । यसै बीच बरिष्ठ पत्रकार टिकाराम यात्रीले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै भावी प्रधानमन्त्रीका रूपमा अगाडि देखिएका अनुहारहरुसँग “पब्लिक डिबेट” गर्दा जनतालाई आफ्नो देशको प्रधानमन्त्री छान्न सहज हुने बताए । लगत्तै सामाजिक सञ्जाल तातिन थाल्यो चारैतिर यस विषयलाई लिएर बहस सुरु भयो जनताले पनि यस्तै चाहेको कुरा सामाजिक सञ्जालले स्पष्ट पार्दै गयो ।
विभिन्न मिडियाका छोटो प्रश्न र हतारो जवाफमा के.पि शर्मा ओली र गगन थापा “पब्लिक डिबेट”को लागि आफुहरु तयार भएको क्लिपहरु सामाजिक सञ्जालमा छताछुल्ल हुन थालेपछि जनतामा यो विषय झन चासोको रूपमा रह्यो ।
आइतबार बिहानै एमाले अध्यक्ष के.पि शर्मा ओलीले एउटा आफ्नो विचार प्रस्तुत गर्दै सामाजिक सञ्जालमा एउटा पोस्ट राखे त्यसमा रास्वपाका बरिस्ठ नेता बालेन्द्र शाहले प्रतिक्रिया दिँदै ७६ जना बच्चाको हत्या गर्ने आतंकवादीसँग म सँगै बस्ने हो भने त्यस घटनामा म पनि सामेल भएको बुझिनेछ भन्दै आफ्नो कुरा राखेपछि । फेरि अब “पब्लिक डिबेट” हुने र नहुने वा बालेनले अस्विकार गरे भन्दै सामाजिक सञ्जाल पुनः तातियो ।
अब यहाँ प्रश्न के हो भने सबै कुराहरूमा यो विषयको सुरुवात र अहिलेसम्म हरेक धाराणा केवल सामाजिक सञ्जालमा मात्रै देखिएको छ । खासमा यसो व्यवहारिकता कसरी हुने हो र कसले गर्ने हो ? विषयको सुरुवात गरेका पत्रकार टिकाराम यात्रीले पोस्ट बाहेक अरु पहल कोसिस गरेका छन कि छैनन् , उनी बाहेक अन्य ठाउँमा भए पनि ” पब्लिक डिबेट” हुनुपर्छ कि हुनु पर्दैन यसको आवश्यकता छ कि छैन अनि बालेनले अस्वीकार गर्दैमा बाकी दुई जनाको कुरा राखिन्छ कि राखिदौन लगायत आधिकारिकता र व्यबहारिकताको कौतुहलता अहिले मुख्य विषय बनेको छ ।
सामाजिक सञ्जाला भन्दा बाहिरको जरुरत के हो र आम नागरिकका हकमा के कस्तो आवश्यकता वा जरुरी भन्ने कुरा कसैलाई वास्ता नै छैन जस्तो देखिने परिवेशमा पछिल्लो समय हरेक प्रसंग सामाजिक सञ्जालमा मात्रै देखिन्छ अझ भनौं देशको मुल राजनीति सञ्चालन नै सामाजिक सञ्जाल देखिन्छ यसले आम जनता माझको परिवर्तनकारी इच्छा चाहानाको मुल मर्म लुकिरहेको छ ।