• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

कुलमानको राजनीतिक दूरी : जनार्दनसँग संवाद, रवि सँग सहकार्य

"किन एउटै धारमा उभिन सकेनन् जनार्दन र कुलमान ? "

  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
  • केही समय अघिसम्म राजनीतिक वृत्तमा एउटा प्रश्न घुमिरह्यो। त्यो हो। ऊर्जा क्षेत्रमा एउटै सोच बोकेका जनार्दन शर्मा र कुलमान घिसिङ विच पार्टी एकताको चर्चा निकै चल्यो। केही महिना अघि मात्रै उज्यालो नेपाल पार्टी खोलेका उर्जामंत्री कुलमान घिसिङ्गले प्रगतिशील लोकतान्त्रिक पार्टी सँग एकता गर्ने भनेर चलेको हल्ला एकाएक बन्द भयो। कारण हो। कुलमानको पार्टी रास्वपा सँग समाहित भयो । जनार्दन उर्जामन्त्री हुँदा बिधुत प्राधिकरणको नेतृत्व सम्हालेर चर्चामा आएका घिसिङ्ग र शर्मा किन एउटै राजनीतिक धारमा उभिएनन् ? भन्ने प्रश्न फेरी उठेको छ। जनार्दन शर्माबीच राजनीतिक भेटघाट र संवाद बाक्लिँदै गएको चर्चा चलिरहेकै बेला कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यको बाटो रोज्नुले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। प्रश्न उठेको छ— जनार्दनसँग मिल्ने भनिएका कुलमान किन अन्ततः रास्वपा तर्फ मोडिए ?

    Advertisement

    सतहमा हेर्दा दुवै सुधारवादी, दुवै स्पष्टवक्ता र दुवै पुराना संरचनाबाट असन्तुष्ट देखिन्छन्। तर व्यवहारमा उनीहरू एउटै बाटोमा हिँड्न सकेनन्। यसको कारण व्यक्तित्वभन्दा बढी राजनीतिक संरचना र सीमाहरू मा खोज्नुपर्छ। कुलमान घिसिङ जनार्दन शर्मासँग नजिकिने चर्चा भइरहेकै बेला रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सँग सहकार्यतर्फ जानुका पछाडि केही मुख्य राजनीतिक र व्यावहारिक कारण देखिन्छन् । संक्षेपमा भन्नुपर्दा, यो व्यक्ति भन्दा पनि परिस्थितिको राजनीति हो।

    जनार्दनको नेतृत्वमा बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी सँग कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी समाहित हुने भएपछी प्रलोपका नेताकार्यकर्तामा खुसियाली छायो। पार्टी एकताको व्यापक प्रचार गरियो तर वास्तविकता अर्कै देखियो। माओवादी केन्द्रको राजनीतिमा दशकौँ लामो सत्तारोहण, गठबन्धन र विवादसँग जोडिएका कारण व्यतिगत रुपमा कुलमान जनार्दन सँग नजिक भएपनी पार्टीगत रुपमा थिएनन्। कुलमानको लोकप्रियता पुरानो राजनीतिक अभ्याससँग असन्तुष्ट जनमत बाट आएका कारण उनी नयाँ दलसँग सहकार्यका लागी तयार भएका छन्।

    राजनीति केवल विचारले मात्र चल्दैन, सत्ता र निर्णय अधिकार पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। भन्ने सोचका कारण प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमानलाई केन्द्रमा राखेर नयाँ संरचना बनाउने अवस्था थिएन। भने कुलमानले चाहेको स्वायत्त भूमिका प्रलोपाको संरचनामा सम्भव देखिएन। त्यसकारण जनार्दन सँगको यात्रा ब्रेक लगाएर उनी रास्वपा उपसभापति सहित १८ जना समानुपातिक उम्मेदवार लिएर रास्वपामा समाहित बनेका छन्। यदि कुलमान प्रलोपमा गएमा पुर्व माओवादीमा हुँदा जनार्दन बाबुरामले खेपेको आलोचना र कुलमान पनि पुरानै राजनीतिक खेलको हिस्सा बन्ने निश्चित भएपछि कुलामानाले रास्वपाको यात्रा तय गरेको देखिन्छ।

    जनार्दन पुर्व माओवादीको सीमित राजनीतिक स्पेस

    जनार्दन शर्मा तत्कालिन माओवादीभित्र प्रभावशाली नेता भए पनि माओवादी आफैं सत्तामा थकित, विभाजनग्रस्त र जनआकर्षण गुमाउँदै गएको अवस्थाका कारण विभाजन नै भयो।
    कुलमान जस्तो प्राविधिक छवि भएको, भ्रष्टाचारविरुद्ध बोल्ने व्यक्तिका लागि पुर्व माओवादीसँग जोडिनु भनेको पुरानो शक्तिको बोझ बोक्नु”
    जस्तै हुन सक्थ्यो।

    एक समय माओवादी आन्दोलनका प्रभावशाली रणनीतिकार र निर्णायक पात्र मानिएका जनार्दन शर्मा आज आएर सीमित राजनीतिक स्पेस भित्र काम गर्न बाध्य देखिन्छन्। सत्ता, संगठन र जनविश्वास तीनै तहमा आएको संकुचनले जनार्दन जस्ता नेता पनि अब व्यक्तिगत क्षमताभन्दा ठूलो संरचनागत सीमामा अड्किएको राजनीतिक यथार्थ उजागर गर्छ।

    रास्वपाको ‘एण्टी–एस्टाब्लिसमेन्ट’ छवि

    रास्वपा अहिले पुराना दलविरुद्धको असन्तुष्टि बोकेको सुशासन, पारदर्शिता र परिणाममुखी राजनीतिलाई नारा बनाएको दल भन्दै आफुलाई दाबी गरिरहेको छ। यो दल सँग कुलमानको छवि पनि ठीक मेल खान्छ। छवि मिल्ने भएकाले कुलमान लाई रास्वपा बढी ‘नेचुरल फिट’ देखियो। प्रलोपा सँग एकता गर्दा पुरानै राजनीतिक घेरामा फसे”भन्ने आलोचना बढ्थ्यो।
    रास्वपातर्फ लाग्दा भने “स्वतन्त्र छविलाई निरन्तरता”भन्ने सन्देश जान्छ। त्यसकारण उनको रोजाई रस्वपा पनि हुन् सक्छ।

    जनार्दनसँग वैचारिक व्यक्तिगत समझदारी हुनु अलग कुरा हो, तर दलमै जाने निर्णय भने दीर्घकालीन राजनीतिक भविष्यसँग जोडिएको विषय हो। कुलमानले जनार्दनसँग संवाद गरे तर दलगत रूपमा भने उनले एकतामा जाने निर्णय गरेनन्। तर कुलमान रास्वपासँग मिल्नुको कारण जनार्दनसँग दूरी होइन, प्रलोपामा सीमित भविष्य र रास्वपाको बढ्दो सम्भावना बीच गरिएको राजनीतिक छनोट हो। कुलमान र जनार्दनबीच व्यक्तिगत समझदारी र विचारगत सामिप्यता हुनु अस्वाभाविक होइन। तर स्रोतहरूका अनुसार यो सामिप्यता दल प्रवेशको तहसम्म पुगेको थिएन। कुलमानले जनार्दनलाई व्यक्ति रूपमा स्वीकार गरे पनि माओवादीको समग्र राजनीतिक दिशालाई आफ्नो भविष्यसँग जोड्न उपयुक्त ठानेनन्।

    कुलमान घिसिङ र जनार्दन शर्माबीचको संवाद व्यक्तिगत र विचारगत तहमा सीमित रह्यो। दलगत राजनीतिमा भने कुलमानले प्रलोपाको घट्दो प्रभाव भन्दा रास्वपाको बढ्दो सम्भावना रोजे।
    यो निर्णयलाई व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर गरिएको रणनीतिक राजनीतिक छनोट का रूपमा बुझ्न सकिन्छ। कुलमान लाई जनार्दनसँगको संवादले राजनीतिक चेतना दियो,तर रास्वपासँगको सहकार्यले भविष्यको बाटो कोर्‍यो। अब प्रश्न एउटै छ। के कुलमानले उज्यालो बनाएको बिजुली जस्तै नेपाली राजनीतिलाई पनि उज्यालो बनाउन सक्छन् ?

    • कुलमान घिसिङ्ग
    • जनार्दन शर्मा
    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.