रुकुम पश्चिम पर्यटकीय स्थलका लागी एक प्रचुर सम्भावना बोकेको जिल्ला हो । जिल्लामा दर्जनौ बढी प्रमुख पर्यटकीय स्थलहरुरहेका छन्। जसमध्ये एक हो आठबिसकोट नगरपालिकाको १० नम्वर वडामा रहेको ठुलाकोट दरबार क्षेत्र यहाँ १८४३ सालमागोरखालीले आठबिस राज्य कब्जा गर्दा राजा रणउद्दीम शाही काटिएका थिए तर राजकुमार विभूति शाही भने लुक्दैभाग्दै बाँचे । हालकोजाजरकोट जिल्लाअन्तर्गत पर्ने सुवाकोट(मावली घर)मा लुकेको बेला यिनले जुम्लाका शोभान शाहीसँग गुप्तिरूपमा भेट गरेका थिए ।१८४६ सालमा डोटी, अछाम, जुम्ला, बाँफी र आठबिसमा एकैपटक आआफूले विद्रोह गरी गुमेका राज्य स्वतन्त्र बनाउने मतअनुसार यिनीआफ्ना विश्वासपात्र गोले बटाला (बिष्ट÷काजी), रीठे चनारा, ग्वामे ढोलीसहित आठबिसकोट प्रवेश गरेका थिए । आठबिस राज्यस्वतन्त्र भएको घोषणा गरी बसेको केही समयमै गोरखाली सेना त्यहाँ प्रवेश गर्यो ।
मध्यकालीन नेपालमा बनेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पुराना दरबारहरू नासिन थालेका छन् । संरक्षण र संवद्र्धनगर्नसके पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि पुराना दरबारहरूको अस्तित्व मेटिँदै गएको छ । ऐतिहासिक संस्कृति, समाज र समयको जानकारी दिने दरबारहरूको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । प्राचीन कालमा राजदरबार बनेकाऐतिहासिक दरबारहरू नासिएका छन् । बाइसे राज्यमा बनेको आठबिस राज्यको राजधानी रुकुमपश्चिमको आठबिसकोट–१०ठुलाकोट दरबारको अस्तित्व मेटिँदै गएको छ । ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अहिले पशुचौपाय चरणका लागि प्रयोगमा आएकोछ ।
राणाकालीन समयमा बनेका दरबारहरूको अहिले नाम निसानै छैन । एकात्मक राज्य प्रणाली हुँदा सरकारले ऐतिहासिक बस्तुकोसंरक्षणमा ध्यान नदिएको गुनासो नागरिक र राजनीतिक स्तरबाट उठ्ने गरेको थियो । मुलुक संघीय व्यवस्थामा गएर तीन तहको सरकारबनेका छन् तर प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक बस्तुहरूको संरक्षण, संवद्र्धनमा ध्यान दिएका छैनन् ।रुकुम पश्चिमको आठबिसकोटको ठुलाकोटमा रहेको ठुलाकोट दरबार अहिले भग्नावशेषका रूपमा परिणत भएको छ । आठबिसकोटराडीबजारबाट उकालो लागेपछि सुरु हुन्छ ठुलाकोटको यात्रा । तल बग्ने ठुलीभेरी नदी र गिजागाड खोलासँगै सुन्दर डाँडाकाँडाकोमनमोहक प्राकृतिक दृष्यले पर्यटकहरूलाई साँच्चै नै मोहित बनाउँछ ।
ठुलाकोट पुग्ने पर्यटकहरू वरपरका हिमाल, डाँडाकाँडामा छरिएका बस्ती, चिसो र मनोरम हावापानी, गाउँघरको जीवनशैली अध्ययनअवलोकन गर्दछन् । भग्नावशेष रहेको ठुलाकोटमा दरबार पुननिर्माण गर्नुपर्ने स्थानीय बताउँछन् । राजाले बनाएको राजदरबारकोभग्नावशेष रहे पनि त्यसलाई पुननिर्माण गर्नतर्फ कसैको ध्यान नगएको जानकारहरू बताउँछन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्यकारूपमा रहेको ठुलाकोट दरबार क्षेत्रलाई संरक्षण गर्नुपर्नेमा बेवास्ता गर्नाले दिनदिनै ऐतिहासिक क्षेत्रको इतिहास नास हुँदै गएको छ ।
बाइसे चौबिसे राज्यअन्तर्गतको आठबिस राज्यको ठुलाकोट ऐतिहासिक मात्रै होइन पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।अग्लो डाँडामा अवस्थित ठुलाकोट दरबारको इतिहाससँगै महत्व पनि हराउँदै गइरहेको स्थानीयवासी, बुद्धिजीवी र इतिहासकाजानकारहरू बताउँछन् ।
पर्यटकलाई भित्र्याउने सबै पूर्वाधार भए पनि कोटको उचित संरक्षण हुन नसक्दा पर्यटक भित्रन नसकेको स्थानीयबासिन्दाको गुनासो छ ।कोटभित्रका गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक रबाह्य पर्यटकको ओइरो लाग्ने स्थानीयबासिन्दा बताउँछन् ।
आठबिस राज्य र ठुलाकोट दरबारको इतिहास
नेपालको इतिहासमा गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू बनेका थिए ।
सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा १४३० सालतिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलैबमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । १६०० सालमा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफी, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्यबाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणकोसमयसम्म रहेको पाइन्छ ।
१६०० सालमा स्थापना भएको आठबिस राज्यको ऐतिहासिक तथ्यलाई हेर्दा बहादुर शाह नायबी तथा रणबहादुर शाहको शासनकालमाबाइसे राज्यहरू रुकुमकोट, मुसिकोट, गोतामकोट, आठबिसकोट बाँफीकोट कोटजहारी नेपालमा गाभिएको पाइन्छ । यसरीरुकुमकोटलगायत मुसिकोट, बाँफीकोट, जहारीकोट, आठविसकोट, गोतामकोटजस्ता स–साना राज्यहरू रणबहादुर शाहकोराज्यकालमा नेपालमा एकीकरण भयो । एकीकरण भएको रुकुम जिल्ला २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्येमध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एकदुर्गम जिल्लाको रूपमा चिनिन्छ ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नुभन्दा पहिले गण्डकी प्रदेशमा २४ वटा ससाना राज्यहरू थिए भने गण्डकीप्रदेशभन्दा पश्चिमपट्टी २२ वटा ससाना खस राज्यहरू थिए । बाइसे चौबिसे राजाको पालामा भुरेटाकुरे राज्य पनि धेरै थिए ।जसअन्तर्गत आठबिस राज्य पनि थियो । ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिसको राजधानी थियो । १६०० सालमा रुकुमे राजादारे जैतमका छोरा कालु बमले दरबार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका १२आँै पुस्ताका राजा रणउदिप शाहीकोपालामा १८४३ सालमा आठबिस राज्य नेपालमा विलय भएको थियो भन्ने कुरा वंशावलीमा उल्लेख छ । राजा काटिएकाले यस क्षेत्रकोरेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो ।
रुकुममा राजा काटी राजा कहलिएका राजकुमार विभूति शाहीलाई गोर्खालिले धपाएपछि विभूति शाही आफ्ना भाइसहित मुसिकोटभण्डारीकाडामा बसेका थिए । जुम्ली शोभान शाहीका दूतसँग विभूति शाहीको भेट भयो । आफ्ना सगोत्रीय आठबिसे राजा रणउद्दिमशाही काटिएकाले शोभान शाहीको मद्दतले आफू आठबिसे राजाको हकदार हुने सपना विभूति शाहीले देखे । राजकुमार विभूति शाहीलेआठबिस राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसँग मिलेर विद्रोह गरे तर सफल हुन सकेनन् र विभूति शाही जोगीको भेष धारण गरेरभागे भन्ने कुरा स्थानीयले बताउँछन् ।
राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा) र विभूति शाही आठबिस राज्यका अन्तिम राजा रणउद्दिप शाहीका छोरा हुन् ।१८४३ सालमा गोरखालीले आठबिस राज्य कब्जा गर्दा राजा रणउद्दीम शाही काटिएका थिए तर राजकुमार विभूति शाही भने लुक्दैभाग्दैबाँचे ।
हालको जाजरकोट जिल्लाअन्तर्गत पर्ने सुवाकोट(मावली घर)मा लुकेको बेला यिनले जुम्लाका शोभान शाहीसँग गुप्तिरूपमा भेट गरेकाथिए । १८४६ सालमा डोटी, अछाम, जुम्ला, बाँफी र आठबिसमा एकैपटक आआफूले विद्रोह गरी गुमेका राज्य स्वतन्त्र बनाउनेमतअनुसार यिनी आफ्ना विश्वासपात्र गोले बटाला (बिष्ट÷काजी), रीठे चनारा, ग्वामे ढोलीसहित आठबिसकोट प्रवेश गरेका थिए ।आठबिस राज्य स्वतन्त्र भएको घोषणा गरी बसेको केही समयमै गोरखाली सेना त्यहाँ प्रवेश गर्यो । दाजे गाउँबाट गोर्खाली सेना अगाडिबढेको सुइँको पाएपछि ठुलाकोट दरबारबाट आठबिसे झराल सेना पनि बाटो छेक्न तयारी भयो । हालको मारिकाट्टेमा घम्साघम्सीलडाइँ चल्यो । आठबिसे सेनाका सेना नायक जैधन बिष्ट, धाकरे बिष्टलगायत धेरैको ज्यान गएर रगतको खोला नै बग्यो । विभूति शाहीजोगीको भेष धारण गरी बेपत्ता भए ।
आठबिसेको धन, सम्पतिमा लूट चल्यो । करिब १२ वर्षसम्म जोगीको भेषमा लुक्दै भाग्दै हिँडेका विभूति शाही नेपाल सरकारबाट सम्पतिर सत्ताबाहेक ज्यान माफी पाएपछि पुनः आठबिसकोटमा जोगीकै रूपमा आई बिजारे देउतीमा पुगेर शीर(कपाल) मुण्डन गरी गृहस्थजीवनमा प्रवेश गरे । यिनका सन्तान आठबिसे शाह खलक हुन् । हाल यिनीहरू धेरै संख्यामा फैलिएर रहेका छन् ।
आठबिसकोट नगरपालिकाको केन्द्रदेखि करिब १० किलोमिटरको दुरीमा रहेको ठुलाकोटलाई संरक्षण गर्ने हो भने आन्तरिक तथा बाह्यपर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । राडीदेखि ठुलाकोट र बिजारेसम्मको पदमार्ग निर्माण गरेर पुरानो ठुलाकोट दरबारलाईपुनः निर्माण गर्ने हो भने आठबिस राज्यको राजधानी ठुलाकोट फेरी पनि ऐतिहासिक रूपमा चिनिन्छ । ठुलाकोटदेखि झारामारे सम्मकोपदमार्ग निर्माण गर्दा यहाँको प्राकृतिक सौन्दर्य र दरबार क्षेत्र मुख्य आकर्षकको रूपमा चिनिन्छन् ।