पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा खण्डमा ढुङ्गा सहितको पहिरोले बगाउदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
श्रीमान श्रीमती सवार गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा मंगलबार पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्।
मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनकी पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।