• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. आज सुनको मूल्य घट्यो

  • ६. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ७. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

खानेपानी आयोजना कागजमा मात्रै निर्माण सम्पन्न, ६६ लाख सकियो ,खानेपानी आएन

"खानेपानी कार्यालय भन्छ समितिको चरम बदमाशी देखियो "

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम ।यहाँको आठबिसकोट नगरपालिका -९ राडी बजारमा खानेपानी निर्माणका लागि २०७८/०७९ मा ६६ लाख रुपैयाँको खानेपानी आयोजना निर्माण सुरु गरियो । तर उक्त आयोजना छ की छैन । भनेर उपभोक्ता लाई समेत थाहा छैन्। अहिले यहाँका स्थनीयले खानेपानीको अभावमा हैरानी खैप्दै आएका छन् । बगर र राडीबजार नगरपालिकाको प्रशासनिक केन्द्रका रुपमा रहेको छ । तर खानेपानीको हाहाकार छ । उक्त बजार क्षेत्रका लागि भनेर खानेपानी योजना पनि आयो। तर , कागजमै निर्माण भयो ।स्थानीयका घरका धारामा भने अहिलेसम्म पानी झरेको छैन । एक घर एक धाराको लागि आठबिसकोट -१२ स्थित तातोपानी मुहानबाट पुल बजार , सिमबजार खानेपानी नामक आयोजना बाट २०७८/७९ मा निर्माण कार्य सुरु गरेर पनि सकियो । तर तीन वर्ष बितिसक्दा धारामा पानी झरेको छैन्।

    Advertisement

    खानेपानी योजनाको लागि आएको ६६ लाख रुपैयाँ कागजमा सकिसक्यो तर ,खानेपानी कहिले आउँछ ? भन्ने समेत टुङ्गो छैन्। खानेपानीको मापदण्ड अनुसार न त पाईप गाडिएको छ । न पानी उपभोक्ता सम्म पुगेको छ? संरचना नै नभएको यो योजनामा उपभोक्ता समितिले चरम अनियमितता गरेको देखिन्छ । खानेपानी निर्माणको लागि २०७८ सालबाट निर्माण कार्य सुरु भएको थियो ।

    निर्माण शुरु भएदेखि सम्पन्न भैसक्दा सम्म बजार क्षेत्रमा पाइपलाईन लथालिङ अवस्थामा रहेका छन्। अझ रोचक त यो आयोजनाको रकम भुक्तानी भैसकेको छ । भने , खानेपानी कार्यालय, रुकुम पश्चिम मा खानेपानी आयोजना सम्पन्न भएको प्रतिवेदन छ । खानेपानी कार्यालयको गैरजिम्मेवार कार्यले कागजमा मात्रै खानेपानी योजना निर्मान भएको बुझिएको छ । सरकारको नाममा करोडौंको बजेट खर्च हुन्छ। तर यस्ता आयोजनाहरूमा न त काम देखिन्छ, न त परिणाम। यहाँको खानेपानी योजनामा फिल्डमा काम छैन, । प्राविधिक रिपोर्ट र कागजी प्रक्रिया मिलाएर रकम निकासा गरिएको आरोप लगाइएको छ।”“धारा बिनाको भुक्तानी, सरकारी योजनामा देखिएको नांगो भ्रष्ट्राचारको एउटा नमूना मात्र हो। यस्तो प्रवृत्तिले न त सेवा पुग्छ, न त विकास टुंगिन्छ।”

    राडीबजारमा खानेपानी आयोजना वर्षौं बित्दा पनि सम्पन्न हुन सकेको छैन। वडा नम्वर-९ का अध्यक्ष जनक बहादुर बटालाले भने, स्थानीय बासिन्दाहरू पानीको चरम अभावमा छन्। तर खानेपानीको कार्यालयमा धारामा पानी आएको प्रतिवेदन छ । यहाँ धारा नै बनेको छैन्। कार्यालय र उपभोक्तालाई हामीले पटक–पटक ताकेता गर्यौं, तर अटेरीले गर्दा निर्माण कार्यमा प्रगति हुन सकेन्। उनले थपे, “स्थानीय जनताले पाएको सास्तीप्रति हामी संवेदनशील छौं। अब कार्यालय र उपभोक्ताले खानेपानीको धारा बनाउँछौँ । भनेका छन्। यसपटक पनि नबाए कानुनन बमोजिम कारबाही अगाडी बढ्छ ।

    स्थानीय बासिन्दा भन्छन्, “तीन वर्ष भयो, पाइप तानिएको छ तर पानी आएको छैन। नेताहरू चुनावमा आउँदा मात्रै वाचा गर्छन्, पछि सबै बिर्सन्छन्।, यो खानेपानी आयोजनामा राडीपाखामा एउटा आरभिटी बनाईएको छ । तर पानी छैन्। उक्त योजनाबाट उपभोक्ता समितिका सदस्य समेत सन्तुष्ट छैनन्।

    कागजमा खानेपानीको धारा निर्माण सम्पन्न भएको तंथ्याकमा उल्लेख गरिएको छ । खानेपानी कार्यालयका प्रमुख तारा केशर वाग्ले भन्छन, म कार्यालयमा सुरुवा भएर आएको भखरै हो । यस अघिका आयोजनाहरु सबै सम्पन्न भएको तथ्याङकमा देखाउँछ । तर यो आयोजनामा धारा बनेको छैन । भन्ने रिपोर्ट आएपछि मैले उपभोक्ता सङ बुझ्दा कागजमा मात्रै धारा निर्माण भएको पाइएको छ तुरन्तै खानेपानीको धारा सञ्चालन गर्न उपभोक्तालाई निर्देशन दिइएको छ । उहाँहरुले धारा नबनाए कारबाही गर्छौँ।

    योजना अनुगमनका संयोजक एवम् उपप्रमुख धन कुमारी शाही भन्छिन , “हामी अनुगमनमा गएका थियौं। योजनाको काम कागजमा सकिएको देखाइए पनि फिल्डमा प्रगति अत्यन्त न्यून छ। बजार क्षेत्रमा पाइप गाडिएको छैन्। यो सरासर लापरवाही हो। पानी नै आएको छैन्। प्राविधिकदेखि योजनाका जिम्मेवार पक्षहरूलाई स्पष्टीकरण सोध्ने प्रक्रिया सुरु गरेका छौँ । अनुगमनका क्रममा न त धारा भेटिए ।न मापदण्ड अनुसार पाईपलाईन गाडिएको छ । चलाखीपुर्ण तरिकाले खानेपानी जस्तो क्षेत्रमा यस्तो लापरवाही गर्नेलाई कारबाही प्रक्रिया अगाडी बढाईन्छ ।

    उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा निर्माण कार्य सकेर धारा निर्माण भैसकेको झुटो विवरण पेश गरिएको छ । स्थानीयहरु गाउँको खानेपानी योजनामा कति रकम आयो, कहाँ छन् यसका संरचना ? बेखवर छन् । उपभोक्ता गगन खत्रीले भने रकम गोजीमा हालियो ,आँखामा छारो हालेर बनेका केही संरचना पनि जीर्ण भइसके आयोजना सम्पन्न भने हुन सकेको छैन । हामीले खानेपानीको आश गरेर तीन वर्ष पर्खेर बस्यौँ तर अहिले समुदाय मिलेर आफ्नै निजी लगानी पानी खाइरहेका छौँ। ”

    ६६ लाख बजेट र ३३ लाख रुपैयाँको श्रमदान लागत अनुमान गरेको यो आयोजनाको संरचना र पाइपहरु कहाँ छन् कसैलाई पत्तो छैन् । योजनाबाट ४ सय घरका पाँच हजार बढी लाभान्वित भएको सरकारी अधिकारी बताउँछन् । तर यो आयोजना कागजमा मात्रै काम सम्पन्न भएको स्थानीयको भनाई रहेको छ । खानेपानी कार्यालयले आयोजना बनिरहेको भनेर दाबी गरेको छ । तर पाइपहरु समेत सडक माथि लथालिङ्ग छन् भने धारा कता छन? भन्ने पत्तो समेत छैन ।

    उपभोक्ता समितिका अध्यक्ष प्रेम शाही भन्छन, हामी सङ निर्माणका लागि सामग्री अभाव भयो । फेडल गरेर छोडेको छ । थप निर्माण सामग्री पनि माग गरेका छौँ । हामी केहि दिनमै घर घरमा खानेपानी पुर्यौछौँ । कतिपय स्थानमा पाइपहरु लथालिङग अवस्थामा फालिएको छ । कागजमा निमार्ण भइरहेको आयोजनाको छानविन गर्न स्थानीयले पटक पटक माग गरेपनि कतै सनुवाइ भएको छैन । संरचना नबनाई कागजी मिलेमतोमा खानेपानी योजना सक्ने देखिएको छ ।”

    आठबिसकोट ९ मा यो सङगै सालागार औलीगाउँ, गिजा, सेराखोला भेडाखोर, मौवाबारी, सालागाड तलिभयाउने, कटेली नाउलापानी, आठबिसकोट र पेटारेमाज नामका आयोजनाहरु खानेपानी कार्यालय अन्तर्गत रहेका छन्। यि मध्ये अधिकांश सञ्चालनमा छैनन्।

    खानेपानी कार्यालयको तथ्याङमा आठबिसकोटमा मात्रै १२ करोड बढीका ५२ वटा खानेपानीका आयोजना छन्। ती मध्ये धेरै जसो लथालिङ्ग अवस्थामा अलपत्र परेको पाईएको छ ।

    • आठबिसकोट
    • खानेपानी
    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा बम फेला
    प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती
    डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम
    दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी
    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      आज सुनको मूल्य घट्यो

    • ६.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    भर्खरै

    • १.
      रुकुम पश्चिममा बम फेला

    • २.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • ६.
      आज घट्यो सुनको मूल्य

    • ७.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    • ८.
      बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.