• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

१०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

लोकप्रिय समाचार

  • १. १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

  • २. तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

  • ३. डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

  • ४. आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

  • ५. भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

  • ६. आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

  • ७. प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

  • ८. एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

  • ९. ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

  • १०. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा-जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    Advertisement

    पूर्वी खण्ड (जामुने-मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उनले भने, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।” इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उनले बताए।

    तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए। पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले रु छ अर्ब २१ करोड ३१ लाख लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।

    गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै संघीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सँदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।

    आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताए। “पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ”, उनले भने, “रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरू धमाधम भइरहेको छ ।”

    पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताए। निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उनले बताए। “सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ”, उनले भने।

    कूल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताए। “पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो”, उनले भने , “तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।” यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।

    तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो । कूल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।

    गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ । सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरू पनि खुला र आकर्षक देखिएका छन् ।

    अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ ।

    • पृथ्वी राजमार्ग
    • मुग्लिन पोखरा सडक
    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने
    सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित
    एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
    दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
    १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    लोकप्रिय

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    • ४.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ५.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • ६.
      आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    भर्खरै

    • १.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • २.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ३.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ४.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ५.
      दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

    • ६.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • ७.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ८.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.