आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ मा सञ्चालित आठबिसकोट बचत तथा ऋण सहकारी बाट कर्जा लिएर लामो समय देखि फिर्ता नगरेपछि आठबिसकोट न्यायिक समितिले ७ दिन भित्र साँवा व्याज र जरिवाना सहित फिर्ता गर्न पत्राचार गरेको छ ।
विपन्न परिवारका लागि उपलब्ध गराएको पैसा समेत सहकारीले व्यक्ति तथा उधोगलाई ऋण दिएपछी अहिले कर्जा असुल गर्न नसक्दा सहकारी बन्द अवस्थामा छ । पाइलट पढ्न नगरपालिकाको कार्यबिधि मार्फत १ करोड र आठबिसकोट १२ मा रहेको कर्णाली वेभरेज (दल बहादुर शाह )अध्यक्ष लाई ३३ लाख रुपैयाँ दिएको प्रतिवेदनमा उल्लेख छ । विपन्न परिवारको पैसा समेत व्यक्ति र उधोगलाई दिएपछी उक्त रकम २६ लाख ३२ हजार रुपैयाँ दल बहादुर शाहले अझैसम्म नगरेको बताईन्छ ।
उधोगका लागि विपन्न नागरिकको पैसा लिएर लामो समय सम्म नतिरेपछी अहिले कर्णाली वेभरेज तथा दल बहादुर शाह अध्यक्ष लाई सात दिन भित्र पैसा फिर्ता गर्न न्यायिक समितिले पत्राचार गरेको छ ।उनी सहित ३६ जनाले सहकारीबाट कर्जा लिएर हाल सम्म फिर्ता गरेका छैनन ।
गरिव विपन्न परिवारका लागि लिएको शेयर लगानीको नाममा ३३ लाख ६५ हजार रुपियाँ व्यक्ति र उधोगलाई दिएपछि दुरुपयोग भएको पाइएको थियो । विपन्न नागरिकका लागि पालिकाबाट ल्याईएको उक्त रकम आठबिसकोट १२ मा कर्णाली वेभरेज लाई दिएको पाइएको हो । उक्त रकम विपन्न परिवारका एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी नगरपालिकाले दिएको थियो ।