तत्कालीन सभामुख कृष्ण बहादुर महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।
तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।
बालकोटमा रहेको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महत्तोको ३ तल्ले पक्की घरको पहिलो तलामा शाही मृ*त अवस्थामा फेला परेकी हुन् ।
कोठामा चुकुल लगाई घोप्टो परि मृ*त अवस्थामा रहेको र बाहिरी चोट पटक केही नभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता ढुण्डराज न्यौपानेले बताएका छन् । । उनको मृत्यु बारे थप अनुसन्धान भैरहेको जनाईएको छ ।