• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ४. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

  • ८. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ९. अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

  • १०. रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

१७ वर्ष पहिले धुमधाम उद्घाटन गरिएको ‘रुकुम उज्यालो’ कार्यक्रम अलपत्र : अझैपनि टुक्कीको भरमा छन रुकुमबासी


  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । एक दशक अघि तामझामका साथ रुकुम पश्चिममा उर्जा मेला आयोजना गरियो । त्यस लगत्तै मन्त्रालय अनतर्गत रुकुम उज्यालो कार्यक्रमको कार्यालय पनि स्थापना गरियो । तत्कालीन माओवादीले शुरु गरेको जनयुद्धपछि शान्ति प्रक्रियासँगै २०६५ सालमा ‘रुकुम उज्यालो’ कार्यक्रमको नाममा रुकुममा विद्युत उत्पादन सुरुवात भयो । त्यसपछि जिल्लाका सबै घरधुरीमा दुई वर्षभित्र विद्युत् सेवा पुर्‍याउने गरी २०६५ सालमा रुकुम उज्यालो कार्यक्रम अन्तर्गत पहिलोपल्ट बिजुली बलेपछि २०७३ सालमा साबिकको रुकुम (हालको रुकुम पश्चिम)मा नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रको शाखा स्थापना भयो । तर १५ वर्ष अघि को रुकुम उज्यालो कार्यक्रममै सिमित रह्यो। जिल्लाका सबै गाउँबस्तिमा बिजुली बाल्ने उदेश्यले सुरु गरिएको रुकुम उज्यालो कार्यक्रमले सार्थकता पाउन सकेन्।

    Advertisement

    शान्ति प्रक्रिया पछि पहिलोपटक सरकारमा गएको माओवादीले उठाएको रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुने आशा थियो । तर रुकुम अझैपनि अध्याँरै छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ रुकुम उज्यालोको अभियान्ता जनार्दन शर्मा पहिलोपटक उर्जामन्त्री भएपछि २०७३ सालमा रुकुम आएर विधुत प्राधिकरणको शाखा कार्यालय सञ्चालन भएपछि जिल्लामा सञ्चालित ‘रुकुम उज्यालो कार्यक्रम’को प्रभावकारिता पुष्टि हुने तत्कालिन उर्जामन्त्री शर्माले बताएका थिए । त्यसपछि रुकुम उज्यालो कार्यक्रमको कार्यालय समेत स्थापना भएको थियो । तर अहिले सबै अलपत्र नै छन्। रुकुम पश्चिमका केही स्थानमा केन्द्रीय प्रसारण लाईन मार्फत बत्ति बलेपनी नियमित रुपमा बत्ति नआउँदा उपभोक्ता मारमा पर्दै आएका छन्।

    रुकुम उज्यालो कार्यक्रमका लागि सुरुवाती चरणमै सरकारले रु.१० करोड ९३ लाख रुपैंया प्रदान गरेको थियो । कार्यक्रमलाई निरन्तरता नदिदा अझैसम्म पनि रुकुम अध्याँरो नै छ । संघियता कायम पछि तिन तहको सरकार बन्यो । तर रुकुमबासीका लागि काग लाई बेल पाक्यो हर्ष न विष्मात झैं भयो । कर्णाली प्रदेशको उज्यालो अभियानले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्ये सबैभन्दा विकट रहेको आठबिसकोट नगरपालिका-१ का स्थानीय अझैंसम्म टुक्की को भरमा अध्याँरोमुनि बस्न बाध्य छन्। रुकुम उज्यालो र कर्णाली प्रदेशको उज्यालो कार्यक्रमले नछोएको उभोखोलामा न बिजुलि छ न त सडक नै छ । सडक सञ्जालका सन्दर्भमा पनि अहिलेसम्म जोडिएको छैन्।

    नगरपालिकामा सडक सँग नजोडिएको एउटै मात्र वडा नम्वर १ हो । जिल्लाको सदरमुकाम मुसिकोट बाट झण्डै ३० किलोमिटर टाढा रहेको उभोखोला पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । वर्षौँदेखि टुकी र सोलारको भरमा दिनचर्या चलाउँदै आएका आठबिसकोट नगरपालिका-१ का मनिकर्ण बुढा भन्छन, गाउँमा खानेपानी आयोजना छ । तर सञ्चालनमा छैन्। सडक बिचबाटोमै छ । बिजुली कुर्न थालेको त वर्षौं भयो । तर अध्याँरो मुनि बस्न बाध्य छौं । बुढाका अनुसार १ नम्वर वडाको डाँडागाउँ,गैरीगाउँ, लुस,चैतिखारा, बारिंगे,ओख्ले, फिलिंगी, रागिल, रोकाजा,थुम,उदिने गाउँ अन्धकारमा छन्। अरु ठाउँमा खानेपनी भएपनी सञ्चालनमा नभएको र रागिलमा खानेपानीको काम भैरहेको बुढाले जनाए ।

    १ हजार ८० जनसङ्ख्या रहेको यो वडामा स्थानीय सरकार आएको एक दशक सम्म पनि बिजुली पुगेको छैन्। न त रुकुम उज्यालो कार्यक्रमले छोयो न कर्णाली उज्यालो कार्यक्रम नगरपालिकाको केन्द्र सम्म पुग्न झण्डै १२ घण्टाको पैदल यात्रा गर्न बाध्य छन्।

    उभोखोलाबासी सडक निर्माणको क्रममा रहेको र मोरेन शाइकुमारी बिचमा पर्ने ठाउँसम्म सडक पुगेको वडा कार्यालयले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै पुर्वाधार विकासका कामले गति लिन नसकेको वडा कार्यालयको भनाई छ । नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र आठबिसकोटका अनुसार तार र पोल तान्ने काम भैसकेको ले चाँडै बत्ति बाल्न सकिने बताईन्छ । पालिकाको केन्द्र र केही वडा सम्म मुस्किलले पुगेको बिजुली आठबिसकोटको १ र २ वडाको पहाडामा विजुली बत्ति नपुगेको स्थानीय बताउँछन्।

    • 'रुकुम उज्यालो'
    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते
    प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
    आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने
    देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • २.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ३.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ४.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ५.
      देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    • ६.
      बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    • ७.
      ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

    • ८.
      आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.