लुम्विनी प्रदेशका दुई जिल्लामा प्रहरी प्रमुख फेरीएका छन् । प्रदेशका रुपन्देही र बाँकेका प्रहरी प्रमुख फेरीएका हुन । यस अघि रुपन्देही जिल्ला प्रहरी कार्यालयमा एसपी रंजितसिंह राठौर थिए भने उनको ठाउँमा कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत एसपी प्रदीप बहादुर क्षेत्री आउने भएका छन् रुपन्देही जिल्ला प्रहरी कार्यालयमा कार्यरत रंजितसिंह राठौरलाई नेपाल प्रहरी शिक्षालय भरतपुर सरुवा गरीएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी राम कुमार घर्ती आउँने भएका छन् यस अघि बाँकेमा एसपी तुलाराम कार्की कार्यरत थिए । एसपी राम कुमार घर्ती नेपाल प्रहरी बिशेष सुरुक्षा गण सुर्खेत (हाल बाँके¬) मा कार्यरत थिए । देशभर नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको हो सरुवामा २३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
चितवनमा गोविन्द पुरी, झापामा राजन लिम्बु, रुपन्देहीमा प्रदीप कुमार क्षेत्री, बाँकेमा रामकुमार घर्र्ती, कञ्चनपुरमा खड्गकुमार खत्री, बाग्लुङमा तिलक भारती, स्याङजामा दधिराम न्यौपाने, धनुषामा नरहरी रेग्मीको सरुवा भएको छ । गुल्मीमा नारायण प्रसाद अधिकारी, रौतहटमा नेत्रमणि गिरी, पाल्पामा पवन भट्टराई, कैलालीमा बालनरसिंह राणा, गोरखामा भरत विक, सर्लाहीमा योगेन्द्रसिंह खड्का, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरदकुमार शाह क्षेत्री, सुर्खेतमा सुधीरराज शाही,अनन्तराम शर्माको सिरहा, अनुपम श्रेष्ठ पूर्र्वी नवलपरासी, कोमल शाह काभ्रेपलाञ्चोक, र महोत्तरीमा हेरम्ब शर्माको सरुवा भएको छ