• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ७. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ८. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • ९. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • १०. सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • पोखरा। विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले नेपालीहरूका महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    समाजले आफ्नै भवन, अलकापुर, रामबजारस्थित सभाहलमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रममा प्रमुख अतिथि गुरुङले जातीय विभेद उन्मूलनका लागि संविधान र कानुनमा व्यवस्था भए पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको तीतो यथार्थ अझै कायम रहेको बताइन्। समाजमा विद्यमान विभेदकारी सोच, व्यवहार र संस्कार परिवर्तन गर्न सबै एकताबद्ध भई सचेतनाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।


    नवदुर्गाको अवसरमा देवीको तस्बिर तथा पोस्टरमा पूजा गरिए पनि आफ्नै समाजमा रहेका महिलाहरूलाई दलित, जनजाति, मधेसी, कर्णालीवासी तथा पछाडि पारिएका वर्गका नाममा विभिन्न प्रकारले अपमानित र कलङ्कित गर्ने प्रवृत्ति कायम रहनु विडम्बनापूर्ण भएको उनले बताइन्। यस्तो विरोधाभासपूर्ण सामाजिक अवस्थाको अन्त्य गर्न सबैले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउँदै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो।

    कार्यक्रमका विशिष्ट अतिथि डा. दिनेश विश्वकर्माले विजयादशमीलाई असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको जितका रूपमा मनाउने गरिए पनि नेपाली समाजमा विद्यमान जातीय विभेदले गम्भीर प्रश्न खडा गरेको बताए। उनले प्रश्न गरे, “के साँच्चिकै असत्यमाथि सत्यको विजय भएको छ? के अन्यायमाथि न्यायको जित भएको छ? के जातीय विभेद सहन बाध्य समुदायले त्यसको वास्तविक अनुभूति गर्न पाएका छन्?”

    चाडपर्वले सत्य, न्याय र समानताको सन्देश दिने भए पनि समाजमा जातकै आधारमा विभेद, अपमान र अन्याय सहनुपर्ने अवस्था रहिरहनु दुःखद भएको उनको धारणा थियो। जातीय विभेद भोगिरहेका समुदायका लागि यी प्रश्नहरू अझै पीडादायी रहेको उल्लेख गर्दै उनले विभेदको उचित निराकरण गरी व्यवहारमै समानता र न्याय स्थापित गर्न आवश्यक रहेको बताए।

    कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं. १५ की वडा सदस्य मन्दिरा परियारले दलित समुदायको हकहित र अधिकार सुनिश्चित गर्न समाजका सबै वर्गको सोच र विचारमा सकारात्मक परिवर्तन आउनुपर्ने बताइन्। समानता, सम्मान र सामाजिक न्याय स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेकोमा उनले जोड दिइन्।

    त्यसैगरी, कार्यक्रममा अतिथिका रूपमा उपस्थित वरिष्ठ पत्रकार कुसुम केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्दै दसैँलगायत अन्य चाडपर्व आफ्नो आर्थिक अवस्था र गच्छेअनुसार मनाउन आग्रह गरे। चाडपर्व मनाउने नाममा अनावश्यक तडकभडक र खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको धारणा थियो।

    विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजकी महिला समिति अध्यक्ष कमला सुनारले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव लालबहादुर घतानेले गरेका थिए।

    शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, समाजका सदस्य तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमले चाडपर्वको शुभकामना आदानप्रदानसँगै जातीय विभेदको अन्त्य, सामाजिक न्यायको स्थापना, समानता र आपसी सद्भाव कायम गर्नुपर्ने सन्देश दिएको थियो। सत्य र न्यायको विजयको प्रतीकका रूपमा मनाइने चाडपर्वलाई सार्थक बनाउन समाजमा विद्यमान विभेदकारी सोच र व्यवहारको अन्त्य गरी सबै नागरिकले समान सम्मान र अधिकार पाउने वातावरण निर्माण गर्नुपर्नेमा कार्यक्रमले जोड दिएको थियो।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?
    बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
    बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

    भर्खरै

    • १.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • २.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ६.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ७.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ८.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.