• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ५. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ६. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ७. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ८. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ९. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • १०. डोल्पामा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि सेना परिचालन

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका…


  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित
  • जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ रेशम बागलुङ कालिका…’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाएकी थिइन् । त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ ।

    Advertisement

    गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे । आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताए।

    उनका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भने, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।

    कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताए । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताए । “पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उनले भने, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”

    सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।

    देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिए । साउन र पुस महिनामा भने बलि नचढ्ने उनको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उनले भने, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।”

    मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताए । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई…’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताए । उनका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो ।

    “त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भने, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।”

    पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताए। उनका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे ।

    गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताए । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् ।

    • बाग्लुङ कालिका
    सोमबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते
    एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित
    भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ
    रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा
    करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा
    काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    • ५.
      कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    • ६.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    भर्खरै

    • १.
      रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

    • २.
      एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

    • ३.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ४.
      रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

    • ५.
      करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

    • ६.
      काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    • ७.
      डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    • ८.
      एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.