आजको युवा पुस्ताको मनमस्तिष्कमा एउटा गम्भीर अन्तरद्वन्दले डेरा जमाएको छ । त्यो अन्तरद्वन्द हो,सम्बन्धको परिभाषा र यसको दायरा केटा र केटी बीचको सम्बन्धलाई प्रायः प्रेमको सिमित घेरा भित्र मात्रै कैद गर्ने प्रवत्तिले यूवा मनहरूलाई आक्राान्त बनाएको छ । मित्रता, सहकार्य र अन्य सम्बन्धहरूलाई गौण ठान्ने यो समाजको संकूचित दृष्टिकोणले यूवायूवतीहरुको हृदयमा निराशा र असन्तुष्टिको ज्वाला दन्काएको छ । यदि कुनै केटा र केटी नजिक भए, उनीहरू मित्र भए, एकअर्का सँग हाँसे, बोलचाल गरे, वा धेरै समय सँगै बिताए भने, समाजले तुरुन्त निष्कर्स निकाल्छ की, “यी दुई प्रेममा परेका छन्। “ तर के साँच्चै सम्बन्धको परिभाषा प्रेममा मात्र सीमित हुन्छ? के दुई जना बिपरित लिङंगीबीच मित्रता, दाजु–बहिनी, सहकर्मी, गुरुशिष्य वा मार्गदर्शक जस्ता सम्बन्ध सम्भव छैनन ?
यूवा मनहरू प्रेम र मित्रता दुवैको भोका छन्। प्रेमको आवेग र मित्रताको सौहार्दता दुैवको आ आफ्नै महत्व छ। तर, समाजले केटा र केटीबीचको मित्रतालाई सहज रूपमा स्वीकार नगर्दा यूवा यूवतीहरुमा एक प्रकारको भय र संशय उत्पन्न हुन्छ । यसको ऐतिहासिक र साँस्कृतिक कारणहरू केलाउन जरुरी छ। हामीले यूवाहरूलाई स्वस्थ सम्बन्ध कायम गर्न मनोवैज्ञानिक र भावनात्मक सीपहरू सिकाउनु पर्छ। सम्बन्धमा हुने भ्रम र गलत बुझाइले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ । समाजको यो संकुचित सोचले गर्दा न त केटाले सहज रूपमा केटीहरूसँग मित्रता गर्न सक्छन्, न त केटीहरूले केटाहरूसँग मित्रता कायम गर्न सक्छन् । सम्बन्धलाई प्रेम वा आर्कषणको ढाँचा भन्दा बाहिर रहेर हेर्ने संस्कार हामीकहाँ अझै विकास भएको छैन । यसले गर्दा वास्तविक मित्रताको अस्तित्व नै खतरामा परेको छ।
समाजको संकुचित सोच ः हरेक सम्बन्ध लाई प्रेमकै रूपमा किन व्याख्या गरीन्छ?
हाम्रो समाज एकलौटी धारणाहरूमा अडिक छ । यदि केटा–केटीबीचको सम्बन्ध छ । भने, त्यो प्रेम नै हनुपर्छ । भन्ने सोचाईले गहिरो जरा गाडेर बसेको छ । बाल्यकालमा दाजु–बहिनी सँगै पढ्ने, रमाउने साथीहरू किशोरावस्थामा पुग्नासाथ ‘जोडी’ को रूपमा हेरिन्छन् । स्कूल–कलेजमा पनि केटाकेटी बिचमा खुलेरै बोलचाल हुन्छ भने उनीहरुलाई तुरुन्तै प्रेमिप्रेमिका घोषित गरिन्छ । सहकर्मी, व्यावसायिक साझेदार वा सामान्य मित्र भएपनी समाजले त्यो सम्बन्धलाई प्रेमकै रूपमा हेर्न छाड्दैन।
हुन त केटाकेटीहरू बीच प्रेम हुन गलत होइन । तर, प्रेम नै सम्बन्धको एकमात्र रूप होइन । समाजले यो कुरा स्विकार गर्न अझै ढिला गरिरहेको छ ।
किन सधैं प्रेमकै अपेक्षा गरिन्छ? मेरो भोगाई
मेरो लागि सबैभन्दा प्रिय भनेको चिया हो । कहिलेकाही चियाको चुस्की सँग आउने अनेक ख्याल मध्येको एउटा यो पनि हो कि केटा र केटीबीच अरू सम्बन्ध रहदैन र? समाजको साघुरो सोच न हो । दिमागमा जे आयो त्यही हाबी हुन्छ । समाज लाई टाढा राखेर सोच्ने हो भने कि हाम्रो आफ्नै उमेरले यस्तो सोच आइरहेको छ? म पनि यो सोचको सिकार बनेको छु । भोगेकी छु । कुनै केटासँग सहज रूपमा बोल्दा, विचार साट्दा, सहयोग माग्दा, अथवा मित्रता गाँस्न खोज्दा पनि धेरैले यसलाई प्रेमकै रूपमा बझ्ने गर्छन । मलाई सम्झना छ, । एकपटक मैले मेरो कलेजका साथीहरूसँग सहकार्य गरिरहेकी थिएँ। मेरो एक पुरुष साथी निकै सहयोगी, सकारात्मक सोच भएका व्यक्ति थिए। हामीले एकसाथ परियोजनामा काम गर्यौंँ । विचारहरू बाँड्यौं, एकअर्काको सुझाव स्वीकार गयौँ ।
तर, हाम्रो मित्रतालाई बाहिरबाट हेर्नेहरूले फरक अर्थ लगाए । “तिमीहरू प्रेममा परेको हो?“ “उहाँसँग सम्बन्ध छ?“ जस्ता प्रश्नहरू आउन थाले। यस्तो सोचाइका कारण धेरै मित्रताहरू बिनाकारण टुटिरहेका छन्। केटीहरूमाथि अनावश्यक दबाब सिर्जना भइरहेको छ । कि उनीहरूले साथीको रूपमा सोचेको केटाले कतै उनलाई प्रेम प्रस्ताव राख्ने त होइन? मित्रता गाँस्न केटाहरू पनि असहज महसुस गछर््न्, । किनभने उनीहरूले वास्तविक मित्रता चाहेर पनि समाजको डरले पछि हट्नुपर्ने अवस्था आउँछ ।
केटा–केटीबीच मित्रता सम्भव छैन?
समाजको गलत मान्यता र धेरै केटाहरूको सोच नै यस्तो छ । कि यदि उनीहरूले कुनै केटीसँग लामो समय सम्म घुलमिल भयो भने, यो अन्ततः प्रेम सम्बन्धमा बदलिन्छ । कतिपय पूरुषहरू त मित्रताको नाटक गरेर प्रेमकै आशा राखिरहेका हुन्छन । केटीहरूले स्पष्ट रूपमा साथी मात्र भन्न खोज्दा पनि, उनीहरूको सोच बदलिदैन । कतिपय अवस्थामा त केटीहरूले मित्रताको भावनाले कनै केटासँग नजिक हुदा, अन्त्यमा उनीहरूले असहज महसुस गर्नुपर्ने अवस्था आउँछ । किनभने जब केटीले सम्बन्धलाई प्रेम भन्दा बाहिर हेर्छ्न्, केटाहरूले त्यसलाई अस्वीकार गर्छन ।
यो केवल व्यक्तिगत अनुभव मात्र होइन । धेरै केटीहरूले यस प्रकारका समस्याहरू सामना गरिरहेका छन्। हामी सधैं प्रेमकै रूपमा मात्र सम्बन्धलाई किन लिन्छौँ ? किनकी हाम्रो सोच साँघुरो छ । दुई जना विपरीत लिङगी साथी हुन सक्दैनन् भन्ने सोच नहटे सम्म हामिले यसको सामना गरिरहनुपर्ने छ ।
केटा–केटी बिच प्रेम बाहेक अन्य सम्बन्ध स्विकार गर्न सकिँदैन?
समाजले सम्बन्धको परिभाषालाई साघुरो बनाएर मात्र हेर्ने गर्दा आज धेरै अन्य सम्भावनाहरू गुमिरहेका छन्।
मित्रता ः केटा–केटीबीच गहिरो मित्रता हुन सक्छ, । जहाँ कुनै पनि प्रकारको प्रेम सम्बन्धको आशा गरिंदैन। साँचो असल मित्र भनेको आपसी विश्वास र सम्मानको आधारमा अडिएको सम्बन्ध हो।
दाजु बहिनी ः सबै केटीहरू कुनै न कुनै रूपमा दाजु–बहिनीको नातामा पनी बाँधिन सक्छन्। केटा–केटीबीच प्रेम बाहेक दाजु–बहिनीको सम्बन्ध पनि हुनसक्छ ।
सहकर्मी÷सहपाठी ः कार्यक्षेत्र वा शिक्षाक्षेत्रमा केटा–केटी मिलेर काम गर्न सक्छन्। यहाँ सहयोग, परामर्श र ठोस लक्ष्य हासिल गर्ने भावना प्रदान हनुपर्छ, न कि प्रेमको अपेक्षा । केटा वा केटी कुन ैकुरामा अनुभवी छ,भने उसले मार्गदर्शन गर्न सक्छ भने, त्यो सम्बन्ध गुरु–शिष्यको रूपमा पनि रहन सक्छ ।
समाजले यस्तो सोच बदल्न किन जरुरी छ?
हामीले हाम्रो सोचाइ बदल्न जरुरी छ। केटा–केटीबीचको सम्बन्धलाई प्रेममा मात्र सीमित गर्नु गलत हो। मित्रता, विश्वास, आपसी सम्मान र पारस्परक सहयोगको महत्व पनि उत्तिकै छ। समाजले यदि सम्बन्धको परिभाषालाई फराकिलो बनाउन सकेन भने, भावी पुस्ताले अझै कठिनाइको सामना गर्नुपर्ने छ । केटीहरूले आफ्नो इच्छा विपरीत प्रेम प्रस्ताव स्विकार गर्नुपर्ने र मानसिक तनाव झेलीरहनु पर्छ । केटाहरू पनि यदि कनै केटीसँग मित्रता जाड्न चाहन्छन् भने, समाजको डरले त्यसबाट पछि हट्नपर्ने अवस्था आउँछ । समय बदलिएको छ, । तर हाम्रो सोचाइ अझै परानै छ । अब हामीले सम्बन्धलाई प्रेम भन्दा बाहिर पनि हेर्न सक्नुपर्छ ।
तसर्थ समाजले केटा–केटीबीचको सम्बन्धलाई प्रेम मात्र हेर्न छाड्नपर्छ । केटीहरूसँगको सम्बन्ध केवल प्रेम वा आर्कषणकै लागि मात्र होइन। मित्रता, सहकायर््, दाजु बहिनी, मार्गदर्शक जस्ता सम्बन्ध पनि उत्तिकै मल्यवान छन्। यदि तपाईं पनि कहिल्यै यसरी कनै केटा साथीलाई असल मित्र बनाउने प्रयास गर्नुभएको छ, । अब सोच बदलौँ अनि समाज बदलिन्छ । एक असल मित्रता प्रेमभन्दा कम छैन।