सुनको भाउ आज तोलामा चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा झरेको थियो।
गएको आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो। आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो।
गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।