• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

  • ५. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ६. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

  • ७. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ८. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ९. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

७९ वर्षिय शर्माको ‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उनी कहिल्यै विचलित भएनन् ।

    Advertisement

    एक न एक दिन त वीरगञ्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित आफ्नो यात्रामा निरन्तर डटेर लागिरहे। जसको परिणामस्वरुप अहिले सम्भवतः वीरगञ्जकै सबैभन्दा धेरै चिया बिक्री गर्ने चर्चित ‘बब्लु टी स्टाल’का सञ्चालकका रुपमा नयाँ परिचय कमाएका छन् । सुरुवाती दिनमा उनलाई चिया बेच्न सहज भने पक्कै थिएन । ‘३० वर्षअघि त शनिबार वीरगञ्जका सबैजसो बजार ठप्प जस्तै हुने गर्थ्यो । आफैँले एक प्याकेट दूधको चिया बनाएर केट्लीमा वीरगञ्जका टोलटोलमा बेच्न गएर ग्राहकलाई लोभ्याउनुपर्ने हुन्थ्यो,’ शर्माले विगत कोट्याउँदै भने, ‘त्यतिबेला ग्राहकलाई आकर्षित गर्नकै लागि बिहान ४ बजेदेखि चियापसल खोलेर ग्राहकको चियाको तलतल मेट्ने काममा भने निरन्तर रुपमा लागिरहेँ । जसको कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु भुतुक्कै हुने गर्नुहुन्छ ।’

    शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीको भन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टाल’ सञ्चालन गर्दै आइरहेका छन् । शर्माले अहिले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्दै आइरहेका छन् । अहिले शर्माको चियापसलमा दैनिक ८०० देखि एक हजार कपको औसतमा चिया बिक्री हुने गर्छ । ‘सुरु–सुरुमा त डेढ रुपैयाँ कप चिया पनि बेचियो,’ उनले भने, ‘समयको अन्तरालसँगै अहिले चियाको मूल्य भने धेरै नै बढिसक्यो ।’ अहिले पनि ‘बब्लु टी स्टल’मा चिया खाने ग्राहकको सङ्ख्यामा कुनै कमी आएको छैन । शर्मा नेपाल आफ्नो कर्मभूमि भएको बताउँछन् ।
    ‘भारतको राजस्थान राज्य मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो,’ उनले विगत सम्झँदै भने, ‘कामको सिलसिलामा ५५ वर्षअघि भारतको राजस्थानबाट वीरगञ्जमा आएको हुँ । सुरुवाती चरणमा त वीरगञ्जको महावीर गल्लीमा विभिन्न पसलमा समेत काम गरेँ । त्यसबाट खासै सन्तुष्टि नलागेर चिया पसल खोलेको हुँ ।’

    सञ्चालक शर्मा आफैँ पनि वीरगञ्जको अन्य ठाउँको तुलनामा आफ्नो चियाको गुणस्तर र स्वाद राम्रो हुने गरेकाले मूल्य पनि महङ्गो रहेको स्वीकार्छन् । सामान्यतया वीरगञ्जका बजारमा एक सानो कप चियाको मूल्य रु २० पर्ने गर्छ । तर, यहाँ भने एक कप मट्का चियाको मूल्य ३५ छ । गुणस्तरीय चियाका कारण ग्राहकले महङ्गो भयो भनेर गुनासो गरेको उनले सुन्नु परेको छैन ।

    ‘वीरगञ्जको अन्य ठाउँका चिया पसलको तुलनामा हाम्रो चिया महङ्गो नै छ । हाम्रो चिया ‘बढिया’ भएकाले पनि धेरै मूल्य परेको हो,’ उनले भने, ‘हामीले सकेसम्म कृषकको घरबाट सोझै भैँसीको शुद्ध दूध ल्याएर चिया पकाउने गर्छौं । किसानलाई दूधको उचित मूल्य दिएकै कारणले पनि चियाको मूल्य बढी पर्ने गरेको हो ।’

    उनले देहातबाट औसतमा रु १०० देखि ११० प्रतिलिटरमा भैँसीको दूध खरिद गर्दै आइरहेको दाबी गरे । उनले आफूले प्रयोग गर्ने चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउने गरेको बताउँछन् । ‘हामीले चियापत्ती एक पटक मात्रै प्रयोग गर्ने गर्छौं । दोस्रो पटक त्यो चियापत्तीको प्रयोग गर्दैनौँ,’ उनले भने, ‘आसामबाट ल्याएको चियापत्ती र देहातको भैँसीको शुद्ध दूधका कारणले पनि चियाको चुस्की राम्रो भएको होला कि !’
    शर्मा आफैँ वीरगञ्जमा मट्का चियाको सुरुवातकर्ता नभएको बताउँछन् । ‘हामीले भन्दा पहिले अरूले नै मट्का चिया बेच्दै आइरहनुभएका थिए । तर अरूले मट्का चिया पसललाई निरन्तरता दिन सकेनन् । मट्कावाला चियाको स्वाद नै अर्कै हुन्छ ।

    माटोका भाँडाको स्वादले पनि ग्राहक लोभिँदै आइरहनुभएको छ,’ उनले भने, ‘हातले नै बनाएका मट्काको प्रयोग गर्ने भएकाले पनि स्वादमा ठूलो अर्थ राख्नेरैछ ।’
    उमेरले ७९ वसन्त पारे गरे पनि शर्माको जाँगरमा भने अहिलेसम्म पनि कमी भएको छैन । अहिले पनि बिहान ४ बजे उठेर चिया पसल खोल्न र बिहान साढे ६ बजेसम्म आफैँ चिया पकाएर ग्राहकलाई चिया पिलाउँदै आइरहेका छन् । शर्माका तीन छोरा छन्– सनोदकुमार शर्मा, योगेशकुमार शर्मा र बब्लु शर्मा । बब्लु र अर्का एक छोराले चियापसलमा सहयोग गर्दै आइरहेका छन्भने अर्को छोरा जागिरे छन् ।

    ‘बुबाले थालेको चियापसललाई हामीले निरन्तरता दिँदै आइरहेका छौँ,’ कान्छा छोरा बब्लुले भने, ‘दैनिक औसतमा ३० हजारभन्दा बढी मूल्यको चियाको बिक्री हुने गर्दछ । स्वादिलो चिया बनाउने भएकाले एक लिटर दूधले औसतमा करिब १० कप चिया मात्रै बन्ने गर्छ ।’
    ‘बब्लु टी स्टाल’ मा एकाबिहानैदेखि बेलुकासम्म ग्राहकको भीड थेगि नसक्नु हुने गर्छ । यसका मुख्य ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार प्रशासकहरु र सर्वसाधारण उत्तिकै रहेका छन् । यसका अलावा वीरगञ्जमा घुम्न आएका चियापारखीले पनि खोजी–खोजी ‘बब्लु टी स्टाल’मा चिया पिउनका लागि आउने गर्छन् ।

    गत चैत ८ गते शर्माकै चियापसलमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका माओवादी केन्द्रका शीर्षनेताहरु आएर पनि चिया पिउँदा निकै प्रफुल्लित भएको प्रतिक्रिया दिए । उनलाई सो अवसर भने जनतासँग माओवादी–हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान अन्तर्गतको कार्यक्रमले जुराइदिएको थियो । ‘नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा पक्कै पनि खुसीको महसुस गरिरहेका छौँ,’ शर्माले भने, ‘उहाँहरु जस्तो शीर्षनेता हाम्रो झुपडीमा आएर चिया पिउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।’

    शर्माले वीरगञ्जमा आउने उच्चपदस्थ कर्मचारी तथा राजनीतिज्ञहरुले आफूले पकाएको चिया पिउँदै आइरहे पनि को को आए भनेर रेकर्ड राख्ने नगरेको अनुभव सुनाए । आफूले चिया बेचेर नै आफ्नो परिवारका सबै सदस्यलाई खुसीसाथ जीवनयापन गर्न सहज भएको शर्मा बताउँछन् । रासस

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार
    यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ५.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    भर्खरै

    • १.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ६.
      यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    • ७.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • ८.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.