क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको अधिवेशनमा बिदाइ भाषण दिएपछि आफ्नै कुर्सी बोकेर संसदबाट बाहिरिँदै गरेको तस्बिर अहिले भाइरल भएको छ। तस्वीरमा उनी जिब्रो निकालेर क्यामेरातिर हेर्दै मुस्कुराइरहेको देखिन्छ, जसले धेरैलाई उत्सुक बनाएको छ।
यसबारे स्पष्ट नबने पनि, क्यानडाको संसदीय परम्पराअनुसार सांसदहरूलाई पद छोड्दा आफ्नो कुर्सी लैजान अनुमति छ।