• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

१५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. आज सुनको मूल्य घट्यो

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. रुकुम पश्चिममा बम फेला

महिला दिवस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात!


  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • महिला दिवस एक दिन मात्रै मनाएर बाँकी वर्षका अरु दिनहरु महिलाहरु माथि हुने हिंसात्मक घटनाले सिर्जित छन्। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रमका साथ एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । यो दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरी मनाईदै छ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको पाइन्छ । विशेष गरी महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ । 

    Advertisement

    तर नेपालमा धेरै पछिबाट यो दिवस मनाउन सुरु गरिएको हो । विश्वभर एकैसाथ दिवस मनाईरहदा महिलाहरुको सामाजिक आर्थिक तथा राजनैतिक अवस्थालाइ बुझ्न जरुरी हुन्छ । विश्वमा महिलाहरुले आफ्नो मुलुकको प्रमुख पदमा पुगेर पनी काम गरिरहेको अवस्था छ । नेपालको सन्दर्भमा पनी मुलुकको प्रतिनिधित्व गरिरहेकै छन्। तर सिमित महिलाहरु मात्रै आफ्नो पहुँचमा पुगेका छन्। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले श्रमिक महिलाहरुको हक अधिकारमा काम गरेको दावी गर्दै आएपनी नेपालमा महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरेर दिवस मनाए पनि ग्रामीण क्षेत्रका श्रमिक महिलाको अधिकार झन् झन् कुन्ठित हुँदै गएका छन्। वास्तविक श्रमजीवी महिलाहरुको सामाजिक, राजनीतिक, आर्थिक जीवनमा परिवर्तन ल्याउन सकेको छैन्।

    अझै भन्नुपर्दा यो दिवस तडकभडक मै सिमित हुँदै गएको छ । श्रमजिवी महिलाहरुलाई नारी दिवस कागलाई बेल पाक्यो हर्ष न ! बिष्मात झैँ भएको छ । ‘इतिहासलाई नियाल्दा विश्वमा श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिका लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाई रहँदा गाउँठाउँमा अझै पनि सामाजिक विभेद यथावत छ । शक्ति र पहुँचवाला महिलाहरू न्यायका लागि लडिरहँदा पहुँच नहुने महिला आज पनि सामाजिक बिभेद झेलिरहेका छन्। समानताका नारा लगाईरहँदा ग्रामीण क्षेत्रमा महिला मजदुरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका छन् । त्यती मात्रै नभएर लैङ्गिक बिभेदमा पिल्सिएका नेपाली महिलाहरु सिमित मात्रामा मात्रै आफ्नो अधिकार प्राप्तिका लागि लडिरहेका छन्।

    संविधानले समेत सुनिचित गरेको अधिकार नपाईने देशमा आधा धर्ती ओगटेका महिलाहरु को अवस्था आजपनी जहाँको त्यहीँ छ । युगन्तकारी परिवर्तनमा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्ने लगायतका व्यवहारिक आयमहरु लागु नभएसम्म नेपालमा नारी दिवस मनाईरहनुको औचित्य छैन्। एक शताब्दी देखि चल्दै आएको यो दिवस वास्तविक महिलाहरुको हकहितमा भएन भने नेपालको संविधानले प्रदान गरेको अधिकार समेत कुन्ठित भएको छ । कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति सविधानमा भएपनी महिलाहरुको अवस्था अझै परिवर्तन हुन सकेको छैन्।

    समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएपनी महिलामाथिका विभेदजन्य हिंसाहरू तोड्न सकिएको छैन । महिलाको समान प्रतिनिधित्व लाई हेर्न्र हो भनेपनी अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि हुँदा निजामती तर्फ झण्डै २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ । तर पनी

    समाजमा शारीरिक तथा मानसिक हिंसाका घटना बढ्दै गएका छन्। कानुनमा उल्लेखित नीतीहरु कार्यन्वयन नहुने र सामाजिक विभेद लाई अन्त्य गर्न नसक्दा अझै पनी नेपाली समाज महिला पुरुष विचको भिन्नता छुट्याउ नै मा तल्लिन छन्। अझैपनी महिलामाथि परम्परागत सोच हावि भएको पाईन्छ । अरु परिवर्तन नभएपनी श्रमको उचित मुल्य छैन्।समान कामको समान पारिश्रमिक पाइदैन्।ग्रामीण क्षेत्रमा महिला श्रमिकहरूको योगदान महत्त्वपूर्ण भए पनि तलब बिना वा न्यून तलबमा सीमित छ। घर समाज बाटै चुनौती खेपिरहेकी सबै श्रमिक महिलाहरुको न्यायको पक्षमा वकालत र महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना होस्।

    • नारी दिवस
    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
    रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य
    निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य
    १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना
    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      आज सुनको मूल्य घट्यो

    भर्खरै

    • १.
      करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

    • २.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ३.
      निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

    • ४.
      १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

    • ५.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • ६.
      रुकुम पश्चिममा बम फेला

    • ७.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ८.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.