ललितपुरमा जमिनबाट आगो निस्किएको छ । ललितपुरको टीकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको हो।
Advertisement
पानी निकाल्न करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो ।
पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन ।
पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ ।
भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ । तर यसको कारण भने पुष्टि हुन बाँकी छ ।