• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

दाउराको विषयमा विवाद हुँदा एकको हत्या

बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ८. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ९. देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

  • १०. अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

बालेनले भने, ‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने केपि सरकारलाई दिए हुन्छ ‘


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द‍्र शाह (बालेन)ले सरकारले भ्रमको खेती गरिरहेको भन्दै टिप्पणी गरेका छन्।

    Advertisement

    सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भनेका छन्, ‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ।’

    यस्तो छ बालेनको भनाइ 
    भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ। उदाहरणहरू :
    १. भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम
    कहिले देखी नक्सापास मेयरले गर्न थाले ? सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन। कानुनले यही भन्छ। अनि यो Public Private Partnership ले नक्सापास गर्ने अधिकार कार्यपालिकालाई दिइएको छ। अनि नक्सापास गर्न बसेको व्यक्ति स्वयंले नक्सापास गरिसकेपछि पनि बारम्बार दुई महिनासम्म पीपीपीमा कसरी नक्सापासको काम गराउने भन्ने विषयमा बैठक बसेको प्रमाण हामीसँग सुरक्षित छ।
    २. कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम
    अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर।
    हामीले भ्रष्टाचारमा जोडिएकाले हटाएका हौँ। सरकारले के कारण हटायो ? हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाडौँमा असल कार्यकारी टिक्न सरकारले नै दिदैन भन्ने अर्थ लाग्दैन र ? यदि ति २ जना मध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउदैन थियो त।
    ३. काठमाडौँमा कार्यकारी जना मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार भनाइ
    सरकारले आफु मातहतका एकजना कर्मचारीलाई आवश्यकता अनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो। अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला। एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ।
    आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने ?
    ४. ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ भन्ने फैलाइएको भ्रम
    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को ४ ले कार्यकारी नियुक्ती नभए सम्मको लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतकारूपमा खटाउन सक्छ भनिएको छ। सरकारले यहिसमेत गरेको छैन, बरू उल्टै मेयरले चाह्यो भने राख्न सक्छ भन्ने भ्रम फैलाइदैछ।
    सोही ऐनले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकारले प्रमुख प्रशासकीय तोकिदिनु पर्नेमा सो नगरि प्रतिवेदन आए पछि भनेर आफ्नो गैरजिम्मेवारीलाई लुकाइरहेको छ।
    ५. कार्यकारीको छानविनको रिपोर्ट लुकाइयो भन्ने भ्रम
    लुकाउनलाई त हुनु पर्यो नि, होइन। रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ।
    ६. मन्त्रीसँग समन्वयन गर्नुपर्‍यो
    मन्त्रीसँग समन्वयन गर्नु भनेको के हो ? पत्र लेख्ने, आधिकारिक संयन्त्रबाट सम्पर्क गर्ने, त्यहि होइन ? विधि र वैधानिकतालाई समन्वयनसमेतको मान्यता नदिएर के व्यक्तिगत अन्तरंगमात्र खोजेको हो सरकारले ? हामीले मन्त्रीलाई पटक पटक पत्र लेखेको, आधिकारिक संयन्त्रबाट सम्पर्क गरेका छौँ। थप समन्वयन नखोजौँ, विधि र जिम्मेवारी खोजौँ।
    प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ। हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला। तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो। अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो। भ्रष्टहरूविरूद्धको लडाइँ हो।
    सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन। सुशासन कायम गरेरै छोड्छु।

    • बालेन साह
    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
    दाउराको विषयमा विवाद हुँदा एकको हत्या
    बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता
    आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ४.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    • २.
      दाउराको विषयमा विवाद हुँदा एकको हत्या

    • ३.
      बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

    • ४.
      आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ७.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ८.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.