• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

  • ५. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ६. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

  • ७. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ८. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ९. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

कोरोना समयमा जुक्ति निकालेका बिष्ट स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी गर्छन


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रू ३० लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त हुनुहुन्छ ।

    Advertisement

    करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवयासायी बन्नुभएको हो । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहनुभएको छ । “अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रू तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ”, विष्टले भन्नुभयो ।

    जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक हुनुहुन्छ विष्ट । उहाँ आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा हुनुहुन्छ । तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थल्नुभएको हो । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्नसक्ने देखिएको छ ।

    अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै हुनुहुन्छ । उहाँले आफ्नै माटोमा बगाउनुभएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उहाँले स्ट्रेबरीखेतीका लागि करिब रू ३० लाख लगानी गर्नुभएको छ ।

    गत वर्ष सबै खर्च कटाएर रू ३० लाख बचत गर्नुभएको थियो । उहाँ यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा हुनुहुन्छ । विष्टले हाल स्ट्रेबरी मात्र लगाउनुभएको छैन, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरिरहनुभएको छ ।

    हाल उहाँको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उहाँले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिनुभएको बताउनुभयो । “व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन”, उहाँले गुनासो गर्नुभयो ।

    विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेकोछु ।” साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहनुभएको सुनाउनुभयो । उहाँको अनुभवमा स्ट्रेबरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।

    विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिनुभएको छ, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उहाँले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरूवा रोप्नुभएको हो । उहाँ भन्नुहुन्छ, “स्ट्रबेरीको बिरूवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरूवा उत्पादन थालेको छु ।” उहाँले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताउनुभयो । उहाँले गत वर्ष ४० हजार बिरूवा उत्पादन गरी केही बिक्री गर्नुभएको थियो ।

    दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उहाँले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उहाँको खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् । विष्ट भन्नुहुन्छ, “आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दैछ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तोगरी दिने गर्छु ।”

    विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । विष्ट भन्नुहुन्छ, “देशका प्रमुख सहरमा मेरा उत्पादन पु¥याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरूवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरूवा रू २५ देखि रू ३० सम्ममा बिक्री हुने गरेको विष्ट बताउहुन्छ ।

    विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ नयाँ काम सुरू गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताउनुहुन्छ । “सुरूआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो छैन”, विष्टले भन्नुभयो । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाउनुभयो ।

    • खेती स्ट्रबेरी
    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार
    यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ५.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    भर्खरै

    • १.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ६.
      यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    • ७.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • ८.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.