रुकुम पश्चिम । २०५२ साल फागुन १५ गते रुकुम पश्चिमको बाफिकोट गाउँपालिका २ पिपलको मेलगैरीमा तत्कालिन शाहि सेनाले स्थानिय ६ जनाको गोलि हानि हत्या गरेको थियो । माओवादीले सुरु गरेको जनयुद्धकै समयमा शाही सेनाको समुहले एकै ठाउँका ६ जनालाई हत्या गरेको दिन अर्थात मेलगैरी घटनाको २९ वर्ष पुरा भएको छ ।
शाही सेनाको समुह हतियार सहित गाउँमा प्रवेश गरेका उनीहरुले सोही गाउँका सर्वसाधारण तथा भाईबन्धु लाई तत्कालिन माओवादीको कार्यकर्ता भएको आरोप लगाएर गोली हानी हत्या गरेका थिए ।स्थानिय कलबहादुर खत्री, दलबहादुर खत्री, लालबहादुर खत्री, पशुपति खत्री, मनबहादुर खत्री र खड्कबहादुर खत्री अर्थात सबै खत्री परिवारको शाहि सेनाले गोलि हानेर हत्या गरेको स्थानिय बताउँछन्। एउटै घरमा सँगै सुतेका १४ जना थिए । त्यस मध्ये केही भागेको र केहि प्रहरीको फन्दामा परेर उनीहरुले ज्यान गुमाएका थिए।
सरकार र तत्कालीन माओवादी विच भएको द्वन्द्व का कारण त्यस क्षेत्रका २७ जना शहिद भएका छन भने कयौँे घाईते अंगभङग भएका छन् । तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि जिल्लामा ठूलो घटना भएको थियो । राज्य तहबाटै माओवादीका नाममा हत्याकाण्डमा मारिएका ६ जनाकै परिवारले केही राहत रकम पाए पनि न्याय भने अझै सम्म सम्म पाउन सकेका छैनन्।