• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

दलित भएकै कारण मलामी नपाउँदा दिनभर आमाको शव कुरेर बसे प्रकाश दमाई

"गाउँका गैरदलित मात्रै होइन, दलित समुदायकै अरू जातका मनिसले पनि शव उठाउन गरेनन् सहयोग "

  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • गाउँका गैरदलित मात्रै होइन, दलित समुदायकै अरू जातका मनिसले पनि शव उठाउन गरेनन् सहयोग
    बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं (टेलर) गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि दलितको छोराको शैक्षिक योगदान सर्वमान्य नै छ । तर, आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पुर्‍याउन उनले मलामी पाएनन् । 

    Advertisement

    शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको थियो । मानाको मृत्युको खबर गाउँभर पुग्यो । गाउँले उपस्थित पनि भए, तर उनको शव उठाएर मलामी जान कोही तयार भएनन् । अन्य समुदायका मात्रै होइन, दलित समुदायकै अन्य जातका पनि शव छुनसम्म अगाडि सरेनन् । आङडेगाडामा झन्डै ६५–७० घरधुरी छन् । दमाईं जातिमा प्रकाशको एक घर मात्रै छ । परिवारमा प्रकाशका बुबा जयराम, प्रकाशकी श्रीमती र चार सन्तान छन् । गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहारलगायत जात पनि छन् । ३५–३६ वर्षअघि बैतडीकै भूमेश्वर गाविस (हाल पाटन नगरपालिका)बाट यहाँ बसाइँसराइ आएको टेलर परिवारले मृत्युजस्तो शोकको घडीमा पनि मलामी नपाएर सामाजिक अन्याय भोग्नुपरेको छ ।

    प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट काकाका छोराहरू बोलाएको बताए । महेन्द्रनगरबाट श्याम टेलर र दिनेश टेलर तथा दोधाराचाँदनीबाट नवीन टेलर र गोपाल टेलर हिँडिसकेको उनले बताए । ‘आमा बिहानै ११ बजेतिर बित्नुभयो, तर जातकै कारण शव उठाउने मान्छे पाइएन । त्यसैले आफ्ना दाजुभाइ बोलाएर दाहसंस्कार गर्न लागेको छु,’ उनले भने, ‘कञ्चनपुरबाट काकाका छोराहरूलाई बोलाएको छु, सम्भवतः उहाँहरू आइतबारसम्म आइपुग्नुहुन्छ होला । त्यसपछि दाहसंस्कारको काम अघि बढ्नेछ ।’ 

    स्थानीय २१ वर्षीय ज्ञानेन्द्र ऐरीले पनि गाउँ–समाजमा जातीय विभेद कायम रहेकाले शव उठ्न समस्या भएको बताए । ‘यता जातीय भेदभाव कायमै छ । अरू सहयोग गरे पनि शव छुन–उठाउन मानेका छैनन् । गाउँमा परियार जातिको परिवार प्रकाश सरको मात्रै हो । उहाँका अरू दाजुभाइ खलकका यहाँ कोही नहुँदा समस्या परेको छ,’ उनले भने, ‘अन्यत्रबाट आफ्ना दाजुभाइ बोलाएर दाहसंस्कार गर्ने तयारीमा हुनुहुन्छ ।’ 
    अर्का एक स्थानीयले जातीय विभेदकै कारण मानाको शव उठ्न नसकेको स्विकारे । ‘यहाँ गैरदलितले दलितको शव नछुने र मलामी पनि नजाने अभ्यास छ । दलितभित्र पनि अन्य जातिले दमाईं जातिको शव नछुने रहेछन् । आफूलाई पर्दा पनि दमाईं जातिलाई शव छुन नदिने रहेछन्,’ उनले भने, ‘त्यसैले उहाँको शव उठ्न सकेन ।’

    वडाध्यक्ष रामचन्द्र ऐरीले जातीय विभेदकै कारण शव नउठेको हो कि होइन भन्नेबारे विस्तृत बुझेर मात्रै भन्न सक्ने बताए । तर, टेलर परिवारले गाडीको व्यवस्थापन गरिदिन आग्रह गरेकाले त्यसको खोजी भइरहेको उनले बताए । ‘घटनाबारे विस्तृत रूपमा बुझ्न पाएको छैन । जातकै कारण मलामी नपाएको हो कि के हो बुझ्नुपर्छ,’ उनले भने, ‘टेलर परिवारबाट शव बोक्ने गाडी व्यवस्थापन गर्न आग्रह भएको छ । हामीसँग शववाहन नभएका कारण छिमेकी पाटन नगरपालिकालाई आग्रह गरेका छौँ ।’ 

    त्यसो त आमाको शव बोक्ने मलामी नपाएपछि प्रकाशले गाडीमा हालेर घाटसम्म पुर्‍याउने प्रयत्न दिउँसैदेखि गरेका थिए । तर, दिनभर गाडी नपाएका उनले साँझ ८ बजेतिर मात्रै एउटा ट्रयाक्टर भाडामा पाएका छन् । स्थानीय वसन्त विश्वकर्माले उनकै ट्रयाक्टरमा राखेर घाटसम्म शव पुर्‍याइदिने वचन दिएको प्रकाशले बताए । 

    गाउँलेहरू रातभर शव कुर्न शोक परेको घरमा उपस्थित पनि छन्, तर शव छुन तयार छैनन् । प्रकाशको परिवार बसाइँ सरेर यहाँ आएपछि उनको घरमा मृत्युको घटना भएको यो पहिलो हो । बुबाआमाले बालिघरे प्रथामा गाउँमा कपडा सिलाउँदै आएकामा प्रकाश भने स्थानीय विद्यालयमा निजी स्रोतबाट जागिर खाइरहेका छन् । तलब मासिक आठ हजार मात्र पाउँछन् । 

    शनिबार राति नयाँ पत्रिकासँगको टेलिफोन संवादमा मानाका छोरा प्रकाशले भने– शव उठाउने मान्छे नभएपछि थातथलो र अन्य ठाउँमा रहेका दाजुभाइ बोलाएको छु, आइतबार दाहसंस्कार गर्छाैँ

    सुदूरपश्चिमतिर जातीय विभेद कायमै छ । हाम्रो गाउँमा दलितको शव गैरदलितले नछुने र गैरदलितको शव पनि दलितलाई छुन नदिने चलन छ । यस्ता घटनामा अरू सहयोग भने आदानप्रदान हुन्छन्, तर शव छुँदैनन् । दलित समुदायभित्रकै अन्य जातका मानिसले पनि हाम्रो जात (दमाईं) समुदायको शव छुँदैनन् । हामी (दमार्इं)लाई पनि उनीहरू (दलित समुदायका अन्य जात)को शव छुन दिँदैनन् । यहाँ शव उठाउने मान्छे नभएपछि थातथलो (पाटन नगरपालिका– ४) र अन्य ठाउँमा रहेका दाजुभाइ बोलाएको छु । शव बोक्न ट्र्याक्टर पनि व्यवस्था भइसकेको छ । आइतबार आमाको दाहसंस्कार गर्छाैँ । 
    सिगास गाउँपालिका – १ का वडाध्यक्ष रामचन्द्र ऐरी भन्छन्–

    घटनाबारे विस्तृत रूपमा बुझ्न पाएको छैन । परिवारबाट शव बोक्ने गाडी व्यवस्थापन गर्न आग्रह भएको छ । जातकै कारण मलामी नपाएको हो कि के हो ? यस विषयमा बुझ्नुपर्छ । तर, शव बोक्ने गाडीका लागि आग्रह गर्नुभएको थियो । हामीसँग शव बोक्ने गाडी नभएका कारण छिमेकी पालिकालाई सहयोग गर्न आग्रह गरेका हौँ । उहाँ (मृतकका परिवार)को आफन्तहरू पनि आउनुभएको छ ।  यो खबर आजको नयाँ पत्रीकामा छ ।

    • जातिय छुवाछुत
    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.