• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

  • ५. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ६. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

  • ७. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ८. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ९. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आठबिसकोटको ‘लाइफलाइन’ मानिने चिसापानी राडी सडक वर्षौँ देखि अलपत्र


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • आठबिसकोट, दाङ । रुकुम पश्चिमको आठबिसकोटमा सबैभन्दा बढी व्यस्त सडक अन्तर्गत पर्ने चिसापानी-राडीबजार जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक आयोजना अन्तर्गत कालोपत्र योजनाको काम अलपत्र परेको हो । आठबिसकोट नगरपालिकाको मुख्य सडकको रुपमा रहेको यो सडक पालिकाकै ‘लाइफलाइन’ मानिन्छ तर वर्षौँ देखि सडक अलपत्र अवस्थामा छ ।

    Advertisement

    कालोपत्र आयोजनाको ठेक्का एमएस पिएस जियसएचसी जेभी कपनले वि. स.२०७८ जेठ ३ गते लिएको थियो । ठेकेदारको अटेरीले ४ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् । आठबिसकोट नगरपालिका-११ चिसापानी देखि पालिकाको केन्द्र राडीबजार सम्म ८ किलोमिटर सहित चिसापानी , राडी नदुवा मुसिकोट माछिमी सडक आयोजना अन्तर्गत सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय चौरजहारी विच ३३ करोड ४८ लाख ८९ हजार ८७३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको छ ।

    सम्झौता अनुसार निर्माण कम्पनीले २०८२ जेठ २० गते भित्र काम सम्पन्न गर्नुपर्ने छ । तर उक्त सडकमा अहिले सम्म काम नभएको जनाईएको छ । पुर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गरिएको र कम्पनीले अटेरी गर्दै आएको बताए । कालोपत्रेका लागि सडकमा थुपारिएको माटोले थप जोखिम निम्त्याएको स्थानीयको गुनासो छ । स्थानीय जसिराम केसी भन्छन, सडकमै पौडी खेल्ने खालका तालहरु छन्। जथाभावी नहरको पानी छोडिएको छ । धुलोको त झन कुरै नगरम । धुलो उडेकाले गाडी चलाउन समेत समस्या पर्छ। सम्बन्धित निकायले वेवास्ता गर्दा सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको केसीले बताए । स्थानीय सरकारले सडक स्तरोन्नति र कालोपत्रमा भन्दा बढी ध्यान ट्य्राक खोल्ने तिर जाँदा समस्या थपिदैं गएको केसीको भनाई छ ।

    सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् ।  सडक वेवारिस्से अवस्थामा छोड्दा दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको वडा नम्वर ११ का वडाअध्यक्ष प्रेम पुनले बताए । सडकमा थुपारिएको माटोले धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । उनले भने, ‘‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ’’।

    पूर्वाधार विकास कार्यालय चौरहजारीका साइट इन्चार्ज इन्जिनियर अशोक कुमार यादवका अनुसार निर्माण व्यवसायीले सम्झौता मितिमै अटेर गरेर काम नगरेको बताए । कार्यालयले पटकपटक ताकेता गरिरहेको यादवले उज्यालोपाटीलाई जानकारी दिए । कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष चिसापानी, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणलाई निरन्तरता दिन ३२ करोड विनियोजन गरेको थियो । जाजरकोट देखि चिसापानी सम्म भेरीकरिडोर भित्र पर्ने ११ किलोमिटर सडक कालोपत्रे छ । तर चिसापानी देखि राडीबजार सम्मको सडक भने ट्याक खुलेदेखि नै अलपत्र अवस्थामा छ ।

    • आठबिसकोट
    • सडक अलपत्र
    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार
    यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ५.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    भर्खरै

    • १.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ६.
      यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    • ७.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • ८.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.