• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

आठबिसकोटको ‘लाइफलाइन’ मानिने चिसापानी राडी सडक वर्षौँ देखि अलपत्र


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • आठबिसकोट, दाङ । रुकुम पश्चिमको आठबिसकोटमा सबैभन्दा बढी व्यस्त सडक अन्तर्गत पर्ने चिसापानी-राडीबजार जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक आयोजना अन्तर्गत कालोपत्र योजनाको काम अलपत्र परेको हो । आठबिसकोट नगरपालिकाको मुख्य सडकको रुपमा रहेको यो सडक पालिकाकै ‘लाइफलाइन’ मानिन्छ तर वर्षौँ देखि सडक अलपत्र अवस्थामा छ ।

    Advertisement

    कालोपत्र आयोजनाको ठेक्का एमएस पिएस जियसएचसी जेभी कपनले वि. स.२०७८ जेठ ३ गते लिएको थियो । ठेकेदारको अटेरीले ४ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् । आठबिसकोट नगरपालिका-११ चिसापानी देखि पालिकाको केन्द्र राडीबजार सम्म ८ किलोमिटर सहित चिसापानी , राडी नदुवा मुसिकोट माछिमी सडक आयोजना अन्तर्गत सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय चौरजहारी विच ३३ करोड ४८ लाख ८९ हजार ८७३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको छ ।

    सम्झौता अनुसार निर्माण कम्पनीले २०८२ जेठ २० गते भित्र काम सम्पन्न गर्नुपर्ने छ । तर उक्त सडकमा अहिले सम्म काम नभएको जनाईएको छ । पुर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख रामचन्द्र बिसीका अनुसार ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गरिएको र कम्पनीले अटेरी गर्दै आएको बताए । कालोपत्रेका लागि सडकमा थुपारिएको माटोले थप जोखिम निम्त्याएको स्थानीयको गुनासो छ । स्थानीय जसिराम केसी भन्छन, सडकमै पौडी खेल्ने खालका तालहरु छन्। जथाभावी नहरको पानी छोडिएको छ । धुलोको त झन कुरै नगरम । धुलो उडेकाले गाडी चलाउन समेत समस्या पर्छ। सम्बन्धित निकायले वेवास्ता गर्दा सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको केसीले बताए । स्थानीय सरकारले सडक स्तरोन्नति र कालोपत्रमा भन्दा बढी ध्यान ट्य्राक खोल्ने तिर जाँदा समस्या थपिदैं गएको केसीको भनाई छ ।

    सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् ।  सडक वेवारिस्से अवस्थामा छोड्दा दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको वडा नम्वर ११ का वडाअध्यक्ष प्रेम पुनले बताए । सडकमा थुपारिएको माटोले धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । उनले भने, ‘‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ’’।

    पूर्वाधार विकास कार्यालय चौरहजारीका साइट इन्चार्ज इन्जिनियर अशोक कुमार यादवका अनुसार निर्माण व्यवसायीले सम्झौता मितिमै अटेर गरेर काम नगरेको बताए । कार्यालयले पटकपटक ताकेता गरिरहेको यादवले उज्यालोपाटीलाई जानकारी दिए । कर्णाली प्रदेश सरकारले अघिल्लो वर्ष चिसापानी, राडी, नुवाकोट, नदुवा, मुसीकोट सडक निर्माणलाई निरन्तरता दिन ३२ करोड विनियोजन गरेको थियो । जाजरकोट देखि चिसापानी सम्म भेरीकरिडोर भित्र पर्ने ११ किलोमिटर सडक कालोपत्रे छ । तर चिसापानी देखि राडीबजार सम्मको सडक भने ट्याक खुलेदेखि नै अलपत्र अवस्थामा छ ।

    • आठबिसकोट
    • सडक अलपत्र
    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.