म परदेशी लाई बुझ्ने प्रयास गरिदेउ न । ए ! मेरा आफन्त हो।आबेगमा आएर सबैले भन्छन न फोन गर्छ त , न फोन नै रिसिभ गर्छ। बिदेश गएर त ! ठुलो मान्छे भएछ । हामिलाई चिन्नै छोडेछ । तर यता को कथा अनि बेथा अलि फरक छ ।मेरो समय र परिस्थिति लाई पनि त बुझ्ने कोसिस गर्नुपर्यो । म पनि प्रदेशिनु को अलि छुट्टै पिडा छ नि ! रहरले त पक्कै पनि म बिदेश आएको हैन । ए ! आफन्त हो। यहाँ म बिहान ४ बजे उठ्छु आँखा नखुल्दै मिचिमिचि कपडा ड्युटी पोसाक लगाएर बेलुकाको बासि खाना झोलामा राखेर सरासर आफ्नो काम तिर हिड्छु ।
यो त मेरो दैनिकी र बाध्य हो । काम गर्दागर्दै कतिखेर घामको कारणले गर्दा रिंगटा लागेर ढल्ने पनि गर्छु।तर यो कुरा मेरा आफन्तहरु ले कहिल्यै पनि बुझेनन् । कतिखेर साझको पाँच बज्ला र कोठामा गएर आरामसित सुत्ने भन्ने लाग्छ । तर सोच्दासोच्दै कहिले काही काममा पनि गल्ति हुन्छ । अनि गालि खानुपर्छ । अनि जब साझको पाँच बज्छ । गाडिमा बसेको बेला दिनभर घाममा काम गरेर थाकेको शरिर गाडिमै निदाउदो रहेछ । कोठामा पुग्दा गाडिको हर्न एक्कासी बजेर मलाई ब्युँझाउने गर्छ । थाकेको शरिर अब कोठामा गएर आराम गर्छु भनेको हुन्छु।
भोकाएको आत्माले मान्दैन र म एकछिन पनी आराम नगरि कपडा फेरेर बिहान को भाडा माझेर भान्सामा जान्छु ।भान्सापनि निकै प्याक हुन्छ। भोकाएको आत्माको लागि पालो कुर्दा कुर्दै कतिखेर रातिको आठ बजिसकेको हुन्छ । अनि खाना पकाएर म आफ्नो कोठाभित्र आउछु । अनि जब म थालिमा भात राखेर एक गास खान खोज्छु नि उतिखेरै नै घरको याद आउँछ र खाना नखाई मोबाइल खोलेर खाना खादै घरमा फोन गर्दै आँखाभरि आसु झार्दै दिनहरु कटाउन बाध्य हुन्छु ।
घरदेशको याद बोकेर खाई नखाई गरी जब म आफ्नो बिस्तारामा जान्छु रातिको ११ बजिसकेको हुन्छ । एकातिर साहुको कर्जा अर्कोतिर आफन्त साथिभाई र आफ्नो भविष्य सम्झिन्छु । शरिरले कोल्टे फेर्दै निद पनि लाग्दैन । दिनभर घाममा काम गरेर थाकेको शरिर निन्द्रा त लाग्नूपर्छ नि तर घरको याद र साहुको ऋण ले निदाउनै दिदैन रातभर कुराहरू सम्झिदै रुदै गर्दा रातिको २ बजिसकेको हुन्छ ।अनि आफै निदाउँदो रहेछु । उज्यालो हुनासाथ मेरो जिवनको फेरि त्यहि काम दोहोरिन्छ । कतिबेला कसरी सम्झिउँ म मेरा आफन्तहरु मलाई बुझ्ने कोसिस त गर !
आफन्तको माया र गाउँघरको याद बोकेर परदेशिएको मैले त्यो बनपाखा अनि दौतरीहरुलाई भुलेको छैन्। मात्र समयको गतिलाई पछ्याउनुपर्ने बाध्यता छ । जिवनभर यही गति त नहोला तर सम्झिएन भने मलाई पराईको व्यवहार नगर्नु न है ! गाउँघरको माया बोकेर परदेशीएको म त एउटा परदेशी न हुँ । कसरी आफन्त साथिभाई लाई भुल्न सक्छु र?
राजेन्द्र बोहरा
आठबिसकोट-३ खदी , रुकुम पश्चिम ।
हाल : युएई