• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

१५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. आज सुनको मूल्य घट्यो

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. रुकुम पश्चिममा बम फेला

मान्छे सहरतिर बसाइँ सरेपछि गाउँमा स्याल, बाँदर र ब्वाँसोको रजाइँ

  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
  • बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ। सेवा सुविधा र अवसरका लागि भन्दै बसाइँ सर्दा गाउँ रित्तो बन्दै गएका छन्।

    Advertisement

    बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूख बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ। युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन्।

    दशक अगाडिसम्म रमाइला गाउँ बस्ती अचेल रित्तिएर उराठ लाग्दा छन्। झाडी पलाएर बाटो ढाकिएका छन्। घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्। जिल्लाको गलकोट, जैमिनी, काठे खोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ।

    बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका-५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ।

    पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे।

    ‘गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्य बाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,’ उनले भने, ‘कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ। यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुपर्‍यो।’

    काठे खोला गाउँपालिका-५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे। हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ।

    गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए। उनले भने, ‘हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुपर्‍यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ।’ रासस

    बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
    रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य
    निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य
    १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना
    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      आज सुनको मूल्य घट्यो

    भर्खरै

    • १.
      करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

    • २.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ३.
      निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

    • ४.
      १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

    • ५.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • ६.
      रुकुम पश्चिममा बम फेला

    • ७.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ८.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.