काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। यतिबेला (आइतबार बिहान) कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।
Advertisement
तराईका केही भागमा अहिले हुस्सु लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो वर्षाको सम्भावना छ।
देशका बाँकी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।