• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

आज बिहानै गयो भुकम्प

राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

भेरीकरिडोर सँग जोडिएको समृद्ध आठबिसकोटको सपना

"करिडोर सम्पन्न पछि पहाडको शहर बन्ने छ आठबिसकोट "

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । भेरी नदीको किनारैकिनार रहेको सडक हो भेरी करिडोर यो करिडोर निर्माण गर्ने सरकारी योजना पुरानै भएपनी अझैसम्म पुर्णता भने पाउन सकेको छैन। यो करिडोरले तराईको फाटदेखी, पहाड र हिमाली जिल्ला हुँदै चिन सँग जोडिएको छ । भारतदेखि चिन सम्म जोड्ने र विचमा बिभिन्न शहरहरु पर्ने भएकाले यसलाई थप महत्वका साथ लिईएको छ । झण्डै तीन सय १७ किलोमिटरको हुने यो करिडोर बाँके जिल्लाबाट सुरु भएर डोला हुँदै चिनको सिमानामा गएर जोडिन्छ । भारत, नेपाल र चिनलाई जोड्ने हुँदा यसलाई त्रीदेशीय राजमार्गका रुपमा हेरिन्छ ।

    Advertisement

    २०७५ साल मंसिरमा डोल्पाको त्रीपुराकोटमा भव्य कार्यक्रम सहित उद्घाटन गरेको यो आयोजना अझै सम्पन्न भएको छैन्। सुर्खेतको छिन्चुदेखि जाजरकोटको रिम्ना सम्म १ सय २२ किलोमिटर सडक कालोपत्रे भएको छ । रिम्नादेखी रुकुम पश्चिमको चिसापानी सम्म ११ किलोमिटर सडक कालोपत्रे भएको छ । भने चिसापानीदेखी तल्लु सम्मको सडक धमाधम कालोपत्रे भैरहेको छ । त्यस्तै तल्लुबगरदेखि डोल्पाको दुनै सम्म ६२ किलोमिटर सडक भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रन्जिकारका अनुसार कार्यालयको ९७ करोड रुपैयाँको बजेटमा जाजरकोटको रिम्नादेखी तल्लु सम्म कालोपत्रेको काम भैरहेको बताए । उनका अनुसार उक्त सडकको ४० किलोमिटर दुरी रहेकोमा झण्डै १६ किलोमिटर कालोपत्रे भैसकेको र बाँकी सडक कालोपत्रे भैरहेको जनाए ।

    त्रिदेशीय सञ्जालमा बन्ने करिडोर बाँकेको जमुनाह सिमाबाट सुरु भएर बाँके, बर्दिया, सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम र डोल्पालाई जोड्ने यो सडक डोल्पाको धो तिन्जे हुँदै चिनको सिमाना गएर टुङ्गिन्छ । करिडोर भित्र थुप्रै पर्यटकीय स्थलहरु पर्छन्।आफ्नै विशेषता, सम्भावना, चुनौती र अवसरहरू बोकेको यो करिडोरमा भेरी उपत्यका प्रसिद्ध बनगाड ज्यूला, सिम्ता कुदुटार, चौरजहारी उपत्यका, रिम्ना दोभान, आठबिसकोटको राडीज्युला, गोतामकोट र त्रीपुराकोट, दुनै हुँदै उपल्लो डोल्पा पर्यटकीय क्षेत्र हुँदै जान्छ । यो क्षेत्रमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, कृषि उत्पादन, होटल व्यवसायलाई निरन्तरता दिइरहँदा भेरी करिडोरले कर्णाली लाई समृद्ध पार्नेछ । यो करिडोर पश्चिम नेपालको भेरी नदी क्षेत्रलाई केन्द्रित गर्दै तयार पारिएको पूर्वाधार परियोजना ले यातायात, ऊर्जा, र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने छ ।

    पछिल्लो समय शहरका रुपमा विकास भैरहेको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका पहाडी जिल्लाको शहर बन्दै गएको छ । आजभन्दा दश वर्ष पहिले सुनसान र शान्त राडीबजार अहिले मुख्य व्यापारिक केन्द्रका रुपमा विकसित भैरहेको छ । डोल्पा जाजरकोट र रुकुम पश्चिमका लागि यो क्षेत्र प्रमुख व्यापारिक केन्द्रका साथै मुख्य पर्यटकीय स्थलका लागि रुपमा रहेको छ । सडक सञ्जाल, विधुत तथा भौतिक पुर्वाधारले जोडिएपछी १० वर्ष पहिलेको राडीबजार अहिले विकसित बजारका रुपमा रहेको छ । विगतकालको राडीबजार लाई तुलनात्म रुपमा हेर्ने हो भने यस क्षेत्रको उत्पादनलाई करिडोरले जोडिएका मुलुकसँग लैजान सकेमा जनताको जीवनस्तरमा प्रत्यक्ष सघाउ पुर्‍याउनेछ र जीवनशैली पनी बदल्नेछ ।

    सडक मार्ग पुगेसँगै अहिले राडीबजारको स्वरुप फेरिएको छ । दश वर्ष पहिले फाट्टफुट्ट रहेका पसलहरु अहिले हजारको सङ्ख्यामा छन्। भने पाँच सय हाराहारीमा साना ठुला होटल छन्। १४ वटा वडा रहेको आठबिसकोट नगरपालिकामा झण्डै ४ सय किलोमिटर सडक विस्तार भएको छ । विकासले लिएको गति सँगै बजारको स्वरुप र सुन्दरता बढ्दै गएको छ । भेरी करिडोरले बोकेको प्रचूर सम्भावना नै पहाडी जिल्लाको रहनसहन तथा भेषभुसा हो । जसले स्वदेशी–विदेशी पर्यटक, व्यापारी हरुलाई आकर्षित गर्नेछ ।

    भेरी करिडोर परियोजनाले पुर्णता पायो भने आठबिसकोटले अबको १० वर्षमा दुर्गम र पिछडिएको क्षेत्रबाट विकसित , आर्थिक रुपमा सबल र सुविधायुक्त नगरपालिकाका रुपमा आफुलाई चिनाउने छ । भेरी करिडोरले आठबिसकोट नगरपालिकामा आर्थिक, सामाजिक, र भौतिक विकासका लागि धेरै फाइदा पुर्‍याउन सक्छ। यो करिडोरले स्थानीयस्तरमा पहुँच वृद्धि गर्दै क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नेछ। तुलनात्मक रुपमा विकास सँगै सुधार देखिएपनी आठबिसकोटमा अझैपनी शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार र युवा पलायनलाई रोक्ने प्रयास र रोजगारीको सिर्जना मुख्य चुनौती रहेका छन्। यि सुधारमा निरन्तरता रहेमा आठबिसकोट अबको दश वर्ष पछी थप समृद्ध र सुविधायुक्त बन्ने छ ।

    भेरी करिडोरले आठबिसकोट नगरपालिकालाई आर्थिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। कृषि, पर्यटन, उद्योग, र सेवाका क्षेत्रमा फाइदा पुर्‍याउँदै यसले आठबिसकोटलाई कर्णाली क्षेत्रकै मुख्य आर्थिक र सामाजिक विकासको हब बन्ने छ । भेरी करिडोरले आठबिसकोट नगरपालिकामा आर्थिक, सामाजिक, र भौतिक विकासका लागि धेरै फाइदा पुर्‍याउन सक्छ। यो करिडोरले स्थानीयस्तरमा पहुँच वृद्धि गर्दै क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नेछ।

    यि हुन करिडोरले आठबिसकोटलाई समृद्ध बनाउने आधारहरु

    १. यातायात र पहुँच सुधार

    • भेरी करिडोरले आठबिसकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नेछ।

    • यातायात सहज भएपछि दुर्गम बस्तीहरू सजिलै पहुँचयोग्य हुनेछन्।

    • स्थानीय उत्पादन, जस्तै कृषि र जडीबुटी, बजारसम्म पुर्‍याउन सजिलो हुनेछ।

    २. व्यापार र रोजगारीका अवसरहरू

    • यातायात सञ्जाल सुधारले स्थानीय व्यापार बढ्नेछ।

    • करिडोर निर्माण र सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना हुनेछन्।

    • उद्योगधन्दा स्थापना गर्न लगानीकर्ताहरूलाई आकर्षित गर्न सहज हुनेछ।

    ३. कृषि र सिँचाइको विकास

    • भेरी नदीका सहायक नदीहरूको उपयोग गरी सिँचाइ परियोजना विस्तार गर्न

    • सिँचाइ सुविधाले कृषि उत्पादन वृद्धि हुनेछ, र किसानहरूको आर्थिक स्थिति सुधार हुनेछ।

    • कृषिजन्य वस्तुहरूको बाहिरी बजारसम्म पहुँचले आयआर्जन बढाउनेछ।

    ४. पर्यटनको प्रवर्द्धन

    • कर्णाली नदी र भेरी नदी वरपरका प्राकृतिक स्थलहरू, जस्तै, हिमाल, जंगल, र सांस्कृतिक सम्पदाहरू, पर्यटकका लागि सजिलो हुनेछ।

    • साहसिक खेलकुद (राफ्टिङ, ट्रेकिङ) तथा धार्मिक पर्यटनको प्रवर्द्धन हुनेछ।

    • होमस्टे र स्थानीय हस्तकलाको व्यापारबाट स्थानीय जनताले प्रत्यक्ष लाभ
    ५. जलविद्युत विकास

    • भेरी नदीको जलस्रोत प्रयोग गरेर साना र ठूला जलविद्युत परियोजनाहरू सञ्चालन गर्न सकिनेछ।

    • उत्पादन भएको विद्युतले आठबिसकोट र आसपासका क्षेत्रलाई उज्यालो पार्नेछ।

    • विद्युतबाट उद्योगधन्दा र अन्य उत्पादन क्षेत्रलाई सहयोग पुग्नेछ।

    ६. शिक्षा र स्वास्थ्य सुधार

    • यातायातको सुविधा भएपछि स्थानीय बासिन्दाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउनेछन्।

    • दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षण संस्था पुग्न सजिलो हुनेछ।

    • स्वास्थ्य सामग्री र जनशक्तिको सहज आपूर्तिले स्वास्थ्य सेवामा सुधार आउनेछ।

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा
    बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
    अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह
    रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार
    चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा
    विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • २.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    • ३.
      अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

    • ४.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ५.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • ६.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ७.
      आज बिहानै गयो भुकम्प

    • ८.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.