• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

शिक्षक सरुवामा आठबिसकोट नगरपालिकाको मनोमानी , यि हुन पहुँचका आधारमा रजगज गर्ने शिक्षक

"काजमा सरुवा भएका जित बहादुर ओलि र मुक्ति प्रसाद शर्मा वर्षौदेखि फिर्ता भएनन "

  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पहुँचका आधारमा शिक्षक लाई काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । नगरपालिकाले मनोमानी तरिकाले शिक्षक लाई काज सरुवा गराएर फिर्ता नपठाएपछी विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित बन्दै आएको छ ।

    Advertisement

    पहुँच आधारमा विद्यालय शिक्षकले काज सरुवा गरेर विद्यालयलाई दोहोर आर्थिक भार बनाएको र शैक्षिक गुणस्तर लाई समेत खस्कदो अवस्थामा पुर्याएको स्थानीयको गुनासो छ । केहिदिन पहिले नगरपालिकाको वडा नम्वर १० मा फलाटेमा रहेको सरस्वती आधारभूत विधालयमा कार्यरत शिक्षकलाई पायक पर्ने ठाउँ राडी स्थित शहिद स्मृती नमुना माविमा काज सरुवा गरेको भन्दै विधालय बन्द गरिएको थियो । भने स्थानीयले आपत्ती समेत जनाएका थिए । आठबिसकोट नगरपालिकाले पहुँच र शक्तीका आधारमा आफुलाई पायक पर्ने र सुविधा युक्त ठाउँहरुमा शिक्षकलाई सरुवा गर्दै आएको पाईएको छ ।

    फलाटेमा रहेको सरस्वती आवाशीय विधालयमा कार्यरत खिमला खनाल बस्नेतलाई काज सरुवा दिएर शहिद स्मृतीमा पठाएपछी विधालयमा ताला लगाईयो । केहि दिन अवरुद्ध भएको पठनपाठन आठबिसकोटका नगरप्रमुख रवि केसी सहित पालिकामा छलफल गरेर उक्त स्कुलमा पढाई सुचारु गर्ने र उनको काज स्विकृति भने नभएको बुझिएको छ । तर यता ९९ औँ नगर कार्यपालिकाको बैठकले उनलाई शहिद स्मृतीमै सरुवा गरेको निर्णय गरेको छ । उक्त निर्णयको अहिले सामाजिक सञ्जालभरी विरोध भैरहेको छ ।

    त्यस्तै अर्का शिक्षक मुक्ति प्रसाद शर्मालाई पनि १० नम्वर वडामा रहेको जनता मावि झिन्चौर बाट शहिद स्मृति मावि राडीमा काज सरुवा गर्ने निर्णय गरेको छ । रिजाल जनता मावि झिन्चौरमा दोस्रो श्रेणी स्थायी शिक्षकका रुपमा कार्यरत हुन्। उनलाई यसअघि नगरपालिकाको शिक्षा शाखामा खटाइएको थियो । झिन्चौर पढाउनुपर्ने शिक्षक शर्मा लाई नगरपालिकामा ल्याएर कामकाज गराएको भन्दै चौतर्फी विरोध पछी फेरी उनलाई घर पायक रहेको विधालयमा काज सरुवा गरिएको छ । काजमा आएको पाँच वर्ष बढी नगरपालिकामा रहेर काम गरेका शर्मालाई पुन काज सरुवा गरिएको छ ।

    शिक्षक काज सरुवा गर्दा सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै ब्यवस्थापन समितीको स्वीकृती, सम्बन्धित स्थानिय तहहरुको स्वीकृती र शिक्षा समन्वय इकाईहरुको लिखित सहमतिमा मात्र सरुवा गरिने विद्यालय शिक्षकको सरुवा प्रणाली रहेकोमा पालिका केन्द्रमा रहेका विद्यालयमा आफ्नो जागिर सरुवा गरेर शिक्षकले पालिका केन्द्रको बसाँई रोज्दै आएका छन् । वडा नम्वर ९ स्थित कालिका माविको पनि व्यथा उस्तै छ । ०७/७६ मा काज सरुवा भएर आएका जित बहादुर ओली अहिले सम्म बिधालयमा फिर्ता भएका छैनन्। विधालय ब्यवस्थापन समितीले ओलिलाई बढीमा ६ महिनाका लागि काजका लागि अनुमति दिएपनी पाँच वर्ष सम्म उनी काजमै छन्।

    राहत कोटामा कार्यरत ओलि शहिद स्मृति मावि स्थापनाकाल देखि प्रधानाध्यापक भएर काम गरिरहेका छन्। उनको ठाउँमा नगर अनुदान शिक्षक नियुक्ति गरिएको छ । भने उनी राडी बजारमा रहेको नमुना माविमा प्रअका रुपमा कार्यरत छन्। काज फिर्ता गरिपाउँ भनेर पटक पटक नगरपालिकाको शिक्षा शाखामा लिखित निवेद बुझाउँदा समेत पालिकाले वास्ता नगरेको कालिका मावि सुन्दरपानीका विधालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बटालाले जानकारी दिए । उनले भने , पटक पटक हाकिम र शिक्षा शाखामा निवेद दियौँ । तर काजमा सरुवा भएको ५ वर्ष पुगिसक्दा पनी शिक्षकलाई फिर्ता बोलाईएन । नगरपालिकाले मनपरी गर्दा एकातिर बालबालिकाको पढाईमा समस्या भएको छ । भने अर्कोतिर शिक्षक थप गर्दा आर्थिक भार थपिएको छ ।

    शिक्षा ऐन २०२८ को दफा १६ च २ को उपदफा (१) मा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउनु हुँदैन भन्ने उल्लेख छ । सोही अनुसार काज फिर्ता गर्न बिधालयले निवेदन गर्दा समेत वेवास्ता गरिएको बताईन्छ । त्यस्तै शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को खण्ड (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने भन्ने व्यवस्था छ । तर आठबिसकोट नगरपालिकामा भने मनोमानी ढंगले शिक्षकलाई काज सरुवा दिंदै आईएको छ ।

    • आठबिसकोट
    • शिक्षक सरुवा
    शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.