• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा : यस्तो छ इतिहास


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।

    Advertisement

    सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् ।

    डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ । जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा मानिने स्थानीय बताउँछन् ।

    डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिन्छ । यो डाँडा समुद्री सतहबाट ६ हजार पाँच सय फिट उचाइमा अवस्थित छ ।

    भारतमा बस्दै आएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा यहाँ पुगेको भन्दै कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताए । ‘पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ निकै रमाइलो रहेछ’, उनले भने, ‘यहाँबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य राम्रोसँग हेर्न सकिन्छ ।’

    आलितालकी मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताइन् । रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उनले प्रतिक्रिया दिइन् ।

    डडेल्धुरा बजारबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँमा बैतडी, डोटीलगायत सुदूरपश्मिका आन्तरिक पर्यटकका लागि नजिकको सुन्दर गन्तव्य बन्न सक्ने साउँदले उल्लेख गरिन् । उनले भनिन्, ‘यहाँ पुग्ने बाटो पनि व्यवस्थित छ, स्थानीय सरकारले यसको प्रवर्द्धन गर्न सके स्थानयिको आयस्तर वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने छन् ।’

    पहिला सुनसान जस्तै रहेको यो ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको ६–७ वर्ष भयो । अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका स्थानीय अटोचालक धौलि दमाइँले बताइन् । उनका अनुसार यहाँ आउने अधिकांशले आफैँले खानेकुरा बोकेर आउँछन् । यहाँ नजिक बस्ती र होटल नरहेकाले खानापिनमा समस्या हुने भन्दै उनले यसलाई थप व्यवस्थित बनाउँदै नजिक होटल सञ्चालन भएका पर्यटकीय गतिविधि बढ्ने उनले उल्लेख गरिन् ।

    पछिल्लो समयमा स्थानीयसहित अमरगढी–७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो (डाँडा) को पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गरेपछि अमरगढी नगरपालिकाको सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन् ।

    कस्या डाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले विश्वास व्यक्त गरे । नागरिक अगुवा सिद्धराज पाठकका अनुसार कस्याडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक स्थल निर्माण भएका छन् ।

    होटलसहित अन्य पूर्वाधार निर्माण गरी आर्थिक र व्यावसायिक रूपमा यसलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले नीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । यहाँबाट महाभारत पर्वत शृङ्खलासहित डोटी, आछाम, बैतडी र भारतको केही भूभाग देख्न सकिने उनले जानकारी दिए ।

    डडेल्धुराबाट कस्याडाँडा पुग्न पक्की बाटो बनेको छ । कस्याडाँडा सदरमुकाम भन्दा १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ । हिँडेर जाँदा करिब तीन घण्टा र मोटरसाइकल वा गाडीमा जाँदा २५ देखि ३० मिनेटमा पुगिन्छ ।

    कस्याडाँडाको इतिहास

    कस्या डाँडामाथि ठूलो मैदान रहेको भन्दै यो प्राचीनकालमा निर्माण भएको आफूले सुन्दै आएको अमरगढी–७ का ६२ वर्षीय केशव भण्डारीले बताए । ‘सुनेको आधारमा यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन्, यसको बारेमा कुनै सत्यता वा अभिलेख भने छैन, अमरगढी–६, ७ र ८ का बुढापाकाले सुनाउने कुराका आधारमा कस्याडाँडामा राजकोट थियो’, उनले भने ।

    अहिले यहाँ कुनै कोटको संरचना नरहेको स्थानीय महेश भट्टराईले बताए । ‘यस डाँडाको इतिहास दुई हजार पाँचसय वर्षभन्दा पुरानो हो । गाउँ पुरिँदा यहाँ कैयौँले ज्यान गुमाउनु परेकाले सुरुमा यसलाई काल अर्थात् सुर्काल भनिन्थ्यो’, उनले भने ।

    यससँगै डाँडाबाट करिब १ हजार ५ सय मिटर तल ढुंगाको ओखल पनि देखिन्छ । उक्त स्थानलाई अहिले ओखलढुंगा भन्ने गरिएको भण्डारीले बताए । ओखलढुंगाको पूर्वउत्तरमा डाँडु खोला छ । इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उनले स्थानीर सरकार र सरोकार भएका निकायलाई आग्रह गरे ।

    यहाँको तथ्य अध्ययन गरी पर्यटन प्रवर्द्धन गर्न सके कस्याडाँडालाई सुदूरपश्चिम क्षेत्रकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकार बताउँछन् ।– ममता भट्ट रासस

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.