आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ४ गोतामकोटमा सम्पन्न ३४ औँ पाँच पुर्णीमा मेलाको आयव्यय सार्वजनिकगरिएको छ । सोमबार बसेको मेला आयोजक समितिको बैठकले मेलाको समिक्षा गर्नुका साथै आयव्यय यकिन गरेर सार्वजनिक गरेको हो ।
बैठकमा उपस्थित वडा नम्वर ४ का वडाअध्यक्ष नरसिङ बिष्टका अनुसार उक्त मेलामा ९ लाख ४८ हजार तीन सय ५० रुपैयाँ आम्दानी भएको छ । भने १० लाख ५३ हजार ८५ रुपैयाँ खर्च भएको छ । उक्त मेलामा १ लाख ४ हजार ७ सय ३५ रुपैयाँ व्ययभार रहेको छ । गतकार्तिक २ गतेदेखि बगेनाह मेला सुरु भएको थियो ।
मेला आयोजक समितिका अध्यक्ष दिपक केसीले मेला शान्त र भव्यतापूर्वक सम्पन्न भएको जानकारी दिए । वडा कार्यालय , विभिन्न
व्यक्ति तथा अन्य स्रोत जुटाएर मेला लगाईएको केसीले बताए । उक्त मेलामा सबैभन्दा धेरै सहयोग गर्नेमा ईश्वर केसीले १ लाख ५२हजार, गणेश शर्माले १ लाख र दिपक शर्माले १ लाख सहयोग गरेका थिए।
बगेनाह मेलामा पुरुष भलिवल तर्फ सानीभेरी गाउँपालिका प्रथम र आठबिसकोट दाजे को समुह दोस्रो भएका थिए । त्यस्तै महिला तर्फप्रथम बाँफीकोट ४ र दोस्रो आठबिसकोट ५ रहेका छन्। खेलमा उत्कृष्ट खेलाडी सुरेन्द्र केसी र बेस्ट स्पाईकर प्रेम चदाराले पाएका थिए। महिला पुरुष भलिवल, ब्याडमेन्टीन, दौड छेलो, स्लो बाईक रेस , साँढे जुधाई , सटफुट छेलो पञ्चेबाजा र साँस्कृतिक कार्यक्रमसमेतलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ्।