पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा एपीएफ क्लबले तेस्रो जीत निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको पहिलो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो जीत निकालेको हो ।
एपीएफले आर्मीलाई २२–२५, २५–१५, २३–२५, २५–११ र १५–११ ले पराजित गर्याे । यो हारसँगै त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आर्मीले यसअघि तीनवटा खेलमा हार ब्यहोरिसकेको छ ।